मकवानपुरमा ५ हजार बढीले लगाए दोश्रो खोप

मकवानपुरमा बुधबारबाट कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा प्रदान गरिएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका मकवानपुरका करिब १३ हजार ४ सय ८० जना नागरिकहरुलाई दोस्रो डोज लगाउन सुरु गरिएको हो ।
मकवानपुरको दुईवटा पालिकाले बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप प्रदान गरेको हो । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ५ सय ९८ जनालाई दोस्रो मात्राका रुपमा एष्ट्राजेनेका खोप लगाएको छ भने हेटौंडा उपमहानगरपालिकाले ४ हजार ६ सय ५९ जना गरि कुल ५ हजार २ सय ४७ जनालाई एष्ट्राजेनेका खोप लगाएको छ ।
गत २०७७ माघबाट सुरु भएको खोप अभियानदेखि हालसम्म विभिन्न समयमा गरी कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनका अनुसार अन्य पालिकाहरुले आफ्नो खोप तालिका अनुसार सम्बन्धित वडाको स्वास्थ्य संस्थाहरूबाट खोप लगाउने तयारी थालेका छन् । मकवानपुरको लागि प्राप्त भएको १६ हजार डोज खोपमध्ये १५ हजार १ सय २० डोज स्थानीय तहलाई वितरण गरिएको सूचना अधिकारी घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चन्दा सङ्कलन गरेर विद्यालयलाई बस हस्तान्तरण
-
आईपीएल : लिगबाट बाहिरिएको चेन्नईको कोलकातामाथि रोचक जित
-
१२ बजे, १२ समाचार : पाकिस्तान लक्षित आक्रमणपछि छत्तीसगढमा २२ माओवादी मारिएदेखि दुई लाख घुससहित अदालतका कम्युटर अपरेटर पक्राउसम्म
-
हेटौंडा गाडी बेपत्ता घटना : भासिएको स्थानको पानी सङ्कलन गरी परीक्षणका लागि पठाइयो
-
छत्तीसगढमा भारतीय प्रहरीको एक्सन : २२ माओवादी मारिएको दाबी
-
केयु र एनपीआइबिच समझदारीपत्रमा हस्ताक्षर