मकवानपुरमा ५ हजार बढीले लगाए दोश्रो खोप
मकवानपुरमा बुधबारबाट कोरोनाविरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा प्रदान गरिएको छ । कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका मकवानपुरका करिब १३ हजार ४ सय ८० जना नागरिकहरुलाई दोस्रो डोज लगाउन सुरु गरिएको हो ।
मकवानपुरको दुईवटा पालिकाले बुधबार कोरोनाविरुद्धको कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप प्रदान गरेको हो । मकवानपुरको भीमफेदी गाउँपालिकाले कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका ५ सय ९८ जनालाई दोस्रो मात्राका रुपमा एष्ट्राजेनेका खोप लगाएको छ भने हेटौंडा उपमहानगरपालिकाले ४ हजार ६ सय ५९ जना गरि कुल ५ हजार २ सय ४७ जनालाई एष्ट्राजेनेका खोप लगाएको छ ।
गत २०७७ माघबाट सुरु भएको खोप अभियानदेखि हालसम्म विभिन्न समयमा गरी कोभिसिल्ड खोपको पहिलो मात्रा लगाएका उनीहरुलाई एस्ट्राजेनेका खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
उनका अनुसार अन्य पालिकाहरुले आफ्नो खोप तालिका अनुसार सम्बन्धित वडाको स्वास्थ्य संस्थाहरूबाट खोप लगाउने तयारी थालेका छन् । मकवानपुरको लागि प्राप्त भएको १६ हजार डोज खोपमध्ये १५ हजार १ सय २० डोज स्थानीय तहलाई वितरण गरिएको सूचना अधिकारी घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण