एनआरएनको सचिवमा बेलायतबाट सिम्खडाको उम्मेदवारी घोषणा
गैरआवासीय नेपाली संघ (एनआरएन) को १० औं महाधिवेशन नजिकिएसँगै चुनावी सरगर्मी बढ्न थालेको छ । महाधिवेशनका लागि एनआरएन अभियन्ताहरुले उम्मेदवारी घोषणा गर्दै आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन । यस्तैमा बेलायत निवासी रामशरण सिम्खडाले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
हाल एनआरएनको केन्द्रीय सदस्य तथा विधान संशोधन समितिको सहसंयोजक सिम्खडाले सचिव पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
सिम्खडाले गैरआवासीय नेपाली संघमा सुधारका कामले गति लिएपनि अझै धेरै गर्न बाँकी रहेकाले संस्थागत स्थायित्व र विकासको लागि आफ्नो उम्मेदवारी रहने बताए । उनले संघको अभियानमा आफूले प्राप्त गरेको लामो अनुभव र अग्रजहरुको आग्रहमा उम्मेदवारी दिने निचोडमा पुगेको बताए । सक्रिय सामाजिक अभियन्ता उनी एनआरएन युकेका संस्थापन सदस्य समेत हुन् ।
धादिङमा जन्मिएका सिम्खडासँग १२ वर्ष अन्तराष्ट्रिय दातृसंस्थासँग काम गरेको अनुभव छ । उनले २७ सयभन्दा बढी संघसंस्था आबद्धता रहेको गैरसरकारी संस्था महासंघको केन्द्रीय कोषाध्यक्ष र कार्यकारी संयोजक, नेपाल जेसिसको केन्द्रीय प्रशिक्षक, बिभिन्न परोपकारी संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी समालिसकेका छन् ।
बेलायतमा सन् २००१ मा पुगेका सिम्खडालगायतको सक्रियतामा सन् २००५ मा गैरआवासीय नेपाली संघको स्थापना भएको थियो भने २०१२ मा उनी एनआरएन यूके राष्ट्रिय संयोजक हुँदा अन्तराष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना भएको थियो ।
उनले संघभित्र दुई कार्यकाल आइसीसी सदस्य, पटक पटक गरेर विधान संशोधन समितिमा तीन पटक सदस्य र संघको परोपकार समितिमा सदस्य सचिव रहेर आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका छन् । उनी सन् २०११ को एनआरएनए युकेको निर्वाचनबाट महासचिव बनेका थिए ।
बेलायतस्थित रेडिङ विश्वविद्यालयमा कार्यरत सिम्खडाको नेपालमा हाइड्रो, बैंकिङ क्षेत्रलगायतका क्षेत्रमा लगानी समेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सुस्तामा एसएसबीको बुट छाप, घण्टी सरकार चुपचाप’ भन्दै विरोध प्रदर्शन, तस्बिरहरू
-
बागमती मन्त्रिपरिषद बैठक : मानव उद्धार पुनःस्थापन कार्यविधि स्वीकृत
-
सातबुँदेका कुन–कुन विषयमा असहमत छन् देउवा र शेखर समूह
-
पर्सामा एक सय किलो गाँजा बरामद
-
इरानमा शान्ति सम्झौताको विरोध
-
नेपालले भारतको भूमि मिचेको छैन : उपेन्द्र यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण