अर्घाखाँचीमा अक्सिजन प्लान्ट सञ्चालन, गुल्मीमा निर्माणाधीन
बुधबारदेखि जिल्ला अस्पताल अर्घाखाँचीले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ । असारको दोश्रो हप्ताबाट टेण्डर प्रक्रियामा गई डेढ महिना मै प्लान्ट स्थापना गरिएको सो अस्पतालका मेसु डाक्टर कपिल गौतमले जानकारी दिए ।
संघीय सरकारबाट विनियोजित डेढ करोड रकममध्येबाट प्रविधि इन्टरनेशनल कम्पनीले ८४ लाखमा प्लान्ट निर्माण सम्पन्न गरेको डाक्टर गौतमले बताए । ‘हामीलाई प्रतिदिन २५ देखि ३० सिलिन्डर अक्सिजन आवश्यक पर्दछ’ उनले भने– ‘अहिले सञ्चालनमा आएको प्लान्टबाट प्रतिदिन ७० सिलिन्डर अक्सिजन उत्पादन हुन्छ ।’
अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसालले कोरोना संक्रमणको दोश्रो लहर उत्कर्षमा पुग्दा जिल्लामा अक्सिजन अभाव रहेको तर अब त्यो अवस्था अन्त्य भएको बताए । यता गुल्मी जिल्ला अस्पतालमा पनि अक्सिजन प्लान्ट निर्माण कार्य भइरहेको छ । सो अस्पतालका मेसु डाक्टर उत्तम पाच्याले मेसिनहरु ल्याइसकेको र फाउण्डेसन निर्माण कार्य सुरु भएको बताए ।
उनले करिब डेढ करोड रुपैयाँको लागतमा प्रतिदिन एक सय सिलिन्डर अक्सिजन उत्पादन क्षमताको प्लान्ट स्थापना गर्न लागिएको जानकारी दिए । भदौ महिनाभित्र प्लान्ट सञ्चालनमा ल्याइने उनको भनाइ छ । गुल्मी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नेपाल पत्रकार महासंघ गुल्मीले ६० लाख रुपैयाँ संकलन गरेर हस्तान्तरण गरिसकेको छ भने संघीय सरकारले एक करोड रूपैयाँसमेत विनियोजन गरेको छ । पूर्वमन्त्री गोकर्णराज बिष्टले पनि प्लान्ट निर्माणका लागि व्यक्तिगत रुपमा १० लाख रुपैयाँ सहयोग जुटाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: सरकारी गाडीमा रातो प्लेट, मिटरब्याज पीडित र सरकारबिच सहमति
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण