आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कविता : हजारौँ कुलमानको खोजी

शनिबार, ३० साउन २०७८, १० : ३५
शनिबार, ३० साउन २०७८

मेरा साथी भन्छन् 
तँ त सारै संस्कारी भइछस् ।
हो यार 
आजकाल म संस्कारी भएको छु
किन कि मेरो देशमा
फेरि कुलमान आएको छ ।

म हजारौँ कुलमानको 
खोजी गरिरहेको थिए
तर ! मेरो सरकार
त्यही कुलमानको पछि लाग्यो
त्यसैले त, 
आजकाल संस्कारी भएको छु ।
किनकि म 
म भ्रष्टाचार विरोधी 
भएको छु ।
म हजारौँ कुलमान खोजिरहेको छु ।

एउटा साथीले गाउँमा 
ड्रोन उडाउँदा 
महावीरको याद आयो 
किन कि थुप्रै आविष्कार
गर्नु छ यहाँ ।
त्यसैले त म संस्कारी भएको छु 
किन कि ?
मेरो सरकारले मलाई
सहीलाई सही भन्न सिकाएको छ 
त्यसैले त म 
हजारौँ महावीर खोजिरहेको छु ।

यहाँ ज्ञानेन्द्र शाही बोल्दा 
गोविन्दको याद आयो
दूरदराजमा औषधिको 
अभाव हुँदा 
मेरो सरकार
कारखानाको कुरा गर्दैछ यहाँ
हिजो मरी सासू
आज आए आँशु 
भनेझै मेरो सरकार ।
अब यहाँ 
संस्कारी हुनु छ सबैले 
किनकि मेरो देशले 
हजारौँ कुलमान खोजिरहेछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मणिकुमार श्रेष्ठ ‘सिजन’
मणिकुमार श्रेष्ठ ‘सिजन’
लेखकबाट थप