अर्घाखाँचीमा पहिरोमा परेर मजदुरको मृत्यु
शनिबार, ३० साउन २०७८, १४ : ३७
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोमा पुरिएर एक मजदुरको ज्यान गएको छ । पाणिनी–६, लामडाँडा निवासी ४३ वर्षीय मनबहादुर सुनारको पहिरोमा परेर मृत्यु भएको हो । निर्माणको काममा खटिएका सुनारको पहिरोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले जानकारी दिए ।
पाणिनी–५, मैदानमा मेघराज घिमिरेको घर निर्माणको काम गरिरहेका सुनारलाई माथिबाट एक्कासि आएको पहिरोले पुरेको थियो । घटना भएको २ घण्टापछि प्रहरी र स्थानीयवासीले जेसिबी प्रयोग गरेर पुरिएका सुनारको शव निकालेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री पोखरेलद्वारा विद्यालय अनुगमन
-
मुद्दा फर्छ्योट: लमजुङ जिल्ला अदालतमा सबैभन्दा बढी, कास्कीमा कम
-
चार पालिकाद्वारा सशस्त्र प्रहरी बललाई विपद् सामग्री हस्तान्तरण
-
अमेरिका र इरानबिचको तनाव शुक्रबार पनि कायमै
-
वर्तमान सरकारले दुई तिहाइको चमत्कार देखाउन सकेन: प्रभु साह
-
सार्वजजिक बसमा सवार यात्रुको ब्याग चोरी गर्ने ३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण