पत्रकार घिमिरे पत्नीलाई स्तन क्यानसर, उपचारमा आर्थिक संकट
गुल्मी–गुल्मीका वरिष्ठ श्रमजिवि पत्रकार जनादर्न घिमिरेकी धर्मपत्नी ३५ वर्षिया शारदा घिमिरेलाई स्तन क्यानसर भएको छ । उपचार गर्न १५ देखि २० लाख रकम चाहिने बताईएको छ । काठमाण्डौको टिचिङ्ग अस्पताल र अल्का अस्पतालपछि घिमिरेलाई ललितपुरको हरीसिद्धस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको छ ।
घिमिरेलाई थप अप्रेशनसका लागि भारतको राजिव गान्धी अस्पतालमा लैजान लागिएको पत्रकार घिमिरेले बताए ।यसैवीच गुल्मीस्थित पत्रकार महासंघ र विभिन्न शुभेच्छुक संगठनले पत्रकार पत्नी घिमिरेको उपचार्थ सवैसँग सहयोगको अपिल गरेका छन् । नेपाल प्रेश युनियन गुल्मीका अध्यक्ष हरिकुमार श्रेष्ठ, प्रेस चौतारका अध्यक्ष शिव सुवेदी, प्रेश सेन्टर गुल्मीका संयोजक दधि खनाल र नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भुसाल लगायतका पत्रकार नेताहरुले महासंघका पुर्व अध्यक्ष घिमिरेकी पत्नीको उपचार्थ देश विदेशमा रहेका नेपाली दाजु भाई दिदी वहिनी, संघ संस्था र प्रवासी संगठन संग सहयोगको अपिल गरेका छन् ।
दुई दशक अघिदेखि पत्रकारितामा क्रियाशिल पत्रकार घिमिरे गुल्मी मुसिकोटको सामन्य परिवारमा जन्मिएका व्यक्ति हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
-
रसुवागढी नाकाबाट ६ हजार बढी विद्युतीय सवारी आयात (तस्बिरहरू)
-
कञ्चनपुरमा श्रीमान्काे कुटपिटबाट श्रीमतीको मृत्यु
-
कैलालीमा नदीमा एक जना मृत अवस्थामा फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण