कविता : कलमको उमेर
-धिरज बराल
कलमको पनि
उमेर हुँदो रहेछ–
बाल्यकाल टेक्दा
कतै भित्तामा, शरीरमा,
जहाँपायो त्यहीँ
निर्धक्क कोर्दो रहेछ
बेढङ्गको धर्का–धर्की, वृत्त या
कुनै भद्दा आकार,
विद्यालय जान थालेपछि
बडो अनुशासित भई
लेख्दो रहेछ कलम – क, ख, ग, घ....
ए, बी, सी, डी...१, २, ३, ४....,
शब्द अनि वाक्य,
विविध ज्ञान–विज्ञान लेख्दा लेख्दै
किशोर जोशमा कलम यौवन लेख्दो रहेछ,
लेख्दो रहेछ– माया प्रेम,
मिलन, बिछोड,
लेख्दा लेख्दै रचनात्मक भविष्य
लक्का जवान कलम
अहङ्कार अनि विप्लव लेख्दो रहेछ,
गर्दा गर्दै राजनीति
अधबैँसे कलम
सुझबुझ र चतु¥याइँले
समाज अनि देश लेख्दो रहेछ,
चरणबद्घ लेख्दा लेख्दै
वृद्घावस्थामा पुगेको कलम
अनुभव र परख सँगालेर
बडो विनम्रतापूर्वक
जीवन–दर्शन लेख्दो रहेछ,
कलमको पनि
उमेर हुँदो रहेछ !
काठमाडौँ, नेपाल
[email protected]
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल टेलिकमद्वारा फिफा विश्वकप २०२६ का लागि विशेष 'टिभी प्याकेज' र अफर सार्वजनिक
-
बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
-
‘वाम–लोकतान्त्रिक युवा अभियान’मा लागेका असललाई नेकपा (माओवादी)ले गर्यो कारबाही
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण