शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

फोहोर नउठेपछि दुर्गन्धित बन्यो काठमाडौं, वर्षा बन्यो बाधक !

बुधबार, ०२ भदौ २०७८, १२ : ४७
बुधबार, ०२ भदौ २०७८

काठमाडौं महानगरपालिकाले केही दिनदेखि फोहोर व्यवस्थापन गर्न नसक्दा सिंगै शहर दुर्गन्धित बनेको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा छिर्ने गेटकै छेउमा समेत फोहोरको डंगुर थुप्रिएको छ । शहरभरि जताततै फोहोरै फोहोर छ ।

सडकका किनारामा मात्रै नभएर घरभित्रको फोहोर उठाउने सफाइ कर्मचारीहरु आउन छाडेपछि घर–घरमा दुर्गन्ध फैलिएको छ । वर्षायाममा फैलिएको फोहोरको दुर्गन्धले रोग फैलने डर बढेको छ ।

काठमाडौंका फोहोर फाल्ने बञ्चरेडाँडा डाँडामा बाटो बिग्रिएका कारण केही दिनदेखि फोहोर उठाउन नसकिएको महानगरपालिकाको भनाइ छ । 
हालसम्म एक मात्र उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोटको सिसडोल ल्याण्ड फिल्ड साइडमा वर्षाका कारण बाटो बिग्रिँदा फोहोर व्यवस्थापनमा समस्या आएको काठमाडौं महानगरपालिकाको प्रवक्ता समेत रहेका जनप्रतिनिधि इश्वरमान डंगोलले रातोपाटीलाई जानकारी दिए ।

‘वर्षात् कारण ल्याण्ड फिल्ड जान समस्या। सिसडोल ल्याण्ड फिल्डको माथिल्लो भागमा उकालो बाटो त्यो पनि कच्ची छ’, उनले भने, ‘पानी परेपछि त जानसक्ने अवस्थै रहँदैन । तर पनि जेनतेन फोहोरका गाडीहरु गइरहेका छन् ।’ 
प्रवक्ता डंगोलले कठिनाइका बीच पनि दैनिक एक सय हाराहारीमा फोहोरका कन्टेनरहरु सिसडोल भइरहेको दावी गरे । 

‘सिसडोलको विकल्प चाँडो चाहियो’   
हालसम्म काठमाडौंको फोहोर व्यवस्थापनमा सिसडोलले मात्र धानिरहेको अवस्था भएपनि अब धान्न नसक्ने भन्दै महानगरले सिसडोलको विकल्प चाँडो दिन सरकारलाई आग्रह गरेको छ । अहिलेको सिसडोल ल्याण्ड फिल्ड साइड करिब करिब फुल भइसकेको अवस्थमा तत्काल अर्को ल्याण्ड फिल्ड तयार गर्नुपर्ने महानगरले सरकारसँग माग गरेको छ । 
यसका लागि चाँडो भन्दा चाँडो बन्चरेडाँडा हस्तान्तरण गर्न समेत महानगरले सरकारसँग माग गरेको छ । 

नुवाकोट र धादिङ जिल्लाको संगम क्षेत्र बन्चरेडाँडामा निर्माणधिन ल्याण्ड फिल्ड साइड अन्तिम चरणमा रहेको र त्यसलाई छिटोभन्दा छिटो सम्पन्न गरी फोहोर व्यवस्थापनको प्रयोगमा ल्याउन महानगरले सरकारसँग माग गरेको छ । 

तस्बिरहरु :

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप