बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जुम्लामा चुनावी रौनक शुरु

आइतबार, १२ कात्तिक २०७४, १४ : ३६
आइतबार, १२ कात्तिक २०७४

पूर्णप्रसाद चौलागाई
 जुम्ला –मंसिर १० गते हुने संघ र प्रदेशको निर्वाचनाको मनोनयन दर्ता भएलगत्तै जुम्लामा चुनावी प्रचार शुरु भएको छ । 

जम्लामा दलहरुले आफ्नो उम्मेदवारी सँगै चुनावी प्रचार प्रसार थालेका हुन् । उनीहरुले चुनाब प्रचारका लागि आ आफ्नो पार्टीमा  प्रचार टोली गठन गरेका छन् । बाम गठवन्धनले १४ सदस्यीय सचिवालय समिति गठन गरेको छ । जसमा एमालेबाट ७ र माओवादीबाट ७ जना गरी १४ जनाको सचिवालय समेत गठनगरी चुनावी प्रचार अभियान थालेका हुन् । 

माओवादी पोलिटव्यूरो सदस्य तथा बाम गठबन्धनका प्रतिनिधीसभाका उम्मेदवार गजेन्द्रबहादुर महत र एमालेका बाम गठवन्धन प्रदेश क्षत्र नं ख का उम्मेदवार पदमबहादुर रोकाया सहितको टोली सिंजा क्षेत्रमा लागेको छ, यसैगरी माओवादी पोलिटव्यूरो सदस्य नरेश भण्डारी सहितको टोली जिल्लाको चौधविस क्षेत्रमा चुनावी प्रचार प्रसार अभियानमा लागि सकेका छन । 

पहिलो चरणमा उम्मेदवारहरु आफ्नो उम्मेदवारी निश्चित भएको जानकारी दिन तथा बाम गठवन्धनको बिषयमा जानकारी सहित चुनावी अभियानमा थालिएको उम्मेदवारहरुले जनाएका छन । जुम्लाको एक निर्वाचन क्षेत्रको २ वटा प्रदेश क्षेत्रमा नेताहरु चुनाव प्रचारका लागि होमिएका हुन । 

यसैगरी नेपाली कांग्रेस आफ्नो आन्तरिक तयारीमा समेत जुटिसकेको अवस्था रहेको छ । प्रतिनिभिसभाका उम्मेदवार देवेन्द्रबहादुर शाही सहितको टोली पनि चन्दननाथ नगरपालिकामा प्रचार प्रसारमा लागि सकेको छ । कांग्रेसले निर्वाचनको रणनिति तयार गरिरहेको र अव जिल्ला भरी प्रचार शुरु गर्ने नेपाली कांग्रेस जुम्लाले जानकारी दिएको छ । जुम्लामा दर्ता गरिएका उम्मेदवारहरुको अन्तिम नामावलि समेत प्रकाशन भईसकेको र नामावलिमा कसैको दावी विरोध नआएपछि विशेषगरी नेताहरु ढुक्क तरिकाले चुनावी अभियानमा लागेका हुन । जुम्लामा बाम गठवन्धनबाट प्रतिनिधीसभाका उम्मेदवार माओवादीका गजेन्द्रबहादुर महत, प्रदेश (क) बाट नरेश भण्डारी, प्रदेश (ख) बाट पदमबहादुर रोकाया उम्मेदवार सहित चुनावी मैदानमा उत्रेका छन । यसैगरी लोकतान्त्रिक गठवन्धनबाट नेपाली कांग्रेसका देवेन्द्रबहादुर शाही प्रतिनिधीसभा, राजुसिंह कठायत प्रदेश –क) र भिमनिधी हमाल प्रदेश (ख) बाट उम्मेदवार दिई मैदानमा उत्रिएका छन । यसैगरी नेमकिपाबाट डिल्लीप्रसाद काफ्ले प्रतिनिधीसभा, शिवालाल डाँगी प्रदेश (क) र प्रदेश (ख) अन्तरगत गोर्खबहादुर बुढा उम्मेदवारको रुपमा अघि बढेका छन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप