१७ वर्षीया किशोरीको हत्या आरोपमा खवास पक्राउ
कास्कीको मादीकी १७ वर्षीया किशोरीको हत्या गरेको फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मादी–९स्थायी घर भइ मकैखोलास्थित मामाको घरमा बस्दै आएकी १७ वर्षीया किशोरी कोपिला परियारलाई हत्या गरेर फरार भएका स्याङ्जा हरिनासका खड्कबहादुर खवासलाई १४ महिनापछि कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
स्याङजा पुतलीबजार–४ स्थित शिव मन्दिर चोकबाट आइतबार पक्राउ गरिएका अभियुक्त खवासलाई जिल्ला प्रहरी कार्यालय कास्कीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको हो ।
गत असार २५ गते मादी–११ पातिघरमा अर्ध नग्न सडेको अवस्थामा कोपिलाको शव फेला पारेको थियो । घटनाको लामो अनुसन्धानपछि अपराधीलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवम् प्रवक्ता सुवास हमालले बताए । पक्राउ परेका खवासमाथि जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण