प्रकाश राजले गरे फेरि विवाह, पत्नीलाई किस गरेको तस्बिर भाइरल
५६ वर्षीय अभिनेता प्रकाश राजले आफ्नी श्रीमती पोनी वर्मासँग दोस्रोपटक विवाह गरेका छन् । अगस्त २४ अर्थात मंगलबार प्रकाशराज र पोनीबीच विवाह भएको ११ बर्ष पूरा गरेको थियो । सो अवसरमा उनीहरुले फेरि विवाह गरेका हुन् । उनीहरुको विवाहको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । प्रकाश राजले पोनी बर्मासँग आफ्ना छोराछोरीको अगाडि फेरि विवाह गरेका हुन् । अहिले प्रकाशराजले परिवारसँगको धेरै तस्बिरहरु समेत बाहिर ल्याएका छन् । जुन फ्यानले मन पराएका छन् ।
प्रकाश राजले विवाहको बिषयमा ट्वीट गरेका छन् । ‘आज हाम्रो फेरि विवाह भयो, किनकि हाम्रा छोरा वेदान्त हाम्रो बिहे देख्न चाहन्थे ।’ प्रकाश राजले श्रीमतीलाई चुम्बन गरिरहेको तस्बिर समेत सार्वजनिक गरेका छन् । यसअघि प्रकाश राजले आफ्नो विवाहको एउटा तस्बिर पोस्ट गरी लेखेका थिए, ‘यो धेरै राम्रो थियो । मेरो प्यारी श्रीमती मेरो लागि यति राम्रो साथी भएकी छन् । एक प्रेमिका र एक अद्भूत सहयात्री भएकोमा धन्यवाद ।’
मंगलबार प्रकाशराज र पोनी बर्माको विवाहको वार्षिकोत्सव थियो, उनीहरु दुबैले विवाह गरेर वार्षिकोत्सव विशेष बनाएका थिए । विवाहको तस्बिर समेत सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । फ्यानहरूले पनि उनलाई बधाई दिइरहेका छन् । प्रकाश राजले २०१० मा पोनी वर्मासँग विवाह गरे ।
अभिनेता प्रकाशराज चर्चित कलाकार हुन् । तेलुगु फिल्म मात्र नभएर उनको बलिउडमा पनि राम्रो पहिचान छ । बलिउडका अधिकांश फिल्महरूमा खलनायकको भूमिका निर्वाह गरेका उनको खलनायक अभिनय धेरै मनपराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र मोरक्कोबिच प्रतिस्पर्धा सुरु
-
सिँचाइ सुविधा नहुँदा ५० प्रतिशत पनि रोपाइँ भएन
-
मनसुन थप सक्रिय, आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
-
चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै
-
आजदेखि बेँसीसहर-चामे र मध्यपहाडी लोकमार्गमा सवारी सञ्चालनमा रोक
-
गोरखामा अफ्रिकन स्वाइन फिभरबाट २५० सुँगुर मरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण