अमेरिकामा भौतिकशास्त्री प्राडा नकर्मीलाई १ लाख ५९ हजार डलरको पुरस्कार
बनेपा काभ्रे निवासी एवम् न्यूयोर्कको ब्रुकलिन कलेजमा कार्यरत भौतिक शास्त्रका प्रा डा मिमलाल नकर्मीले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउन्डेसनबाट १ लाख ५९ हजार डलर (करिब १ करोड ८९ लाख रुपियाँ) राशिको पुरस्कार पाएका छन् । एनएसएफ अमेरिकाको सङ्घीय सरकार मातहतको राष्ट्रिय विज्ञान प्रतिष्ठान हो। वैज्ञानिक अनुसन्धानको लागि दिने एनएसएफ अवार्डलाई निकै प्रतिष्ठित मानिन्छ ।
उक्त पुरस्कार पाए पछि आफू निकै उत्साहित भएको उनले बताए । डा नकर्मीका अनुसार यो पुरस्कार आफ्नो प्रयोगशालामा भएको एक यन्त्र फोटोलुमिनेसिन स्पेकट्रोस्कोपीमा लाइफ टाइम (जीवनकाल ) नाप्न सक्ने बनाउन एक उपकरण स्त्रीक क्यामेराको लागि प्रदान गरेको हो। उक्त उपकरण जडान गरे पछि सेमी कन्डक्टरबाट निस्कने प्रकाश कति छिटो अथवा कति ढिलो हुन्छ भनेर नाप्न सकिन्छ । प्राध्यापक नकर्मी विगत २० वर्ष देखि वाइड ब्यान्ड ग्याप सेमी कन्डक्टसम्बन्धी अनुसन्धान गरिरहेका छन् । यस्तो सेमी कन्डक्टर पदार्थको विकासबाट पराबैजनी किरण भन्दा पनि परको प्रकाश निस्कने एलइडी बनाउन सकिन्छ जसलाई धेरै कम बिजुली खपत हुने बत्तीको साथै कीटाणु मार्नेको लागि पनि प्रयोग गर्न सकिन्छ।
डा मिमलाल नकर्मीले अमेरिकाको क्यान्सस स्टेट युनिभर्सिटीबाट भौतिकशास्त्रमा पिएचडी गरेका हुन् भने ब्रुकलिन कलेजमा सन् २००७ देखि प्राध्यापन र अनुसन्धान गरिरहेका छन् । काभ्रेको बनेपाका डा नकर्मीले अमेरिका आउनु अघि करिब ६ वर्ष काठमाडौँ विश्वविद्यालय प्राध्यापन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण