अभिनेत्री निशाका बुबाले भने– ‘मृत्युको गलत हल्ला नफैलाऔँ’
मोडल तथा अभिनेत्री निशा घिमिरेको पछिल्लो स्वास्थ अवस्था स्थिर रहेको छ । उनको उपचार गरिरहेको नर्भिक अस्पतालले मंगलबार एक पत्रकार सम्मेलन गर्दै उनको स्वस्थ्य र उपचारको बारेमा विभिन्न जानकारी दियो । सो क्रममा अस्पतालले उनको उपचार अझै जारी राख्ने जनाएको छ ।
केही दिनयता भने केही अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा निशाको मृत्युको समाचार छाएको देख्न सकिन्छ । यस बिषयमा अभिनेत्री निशाका बुबा प्रेम अधिकारीले दुःखेसो गरेका छन् । उनले बाहिर आएको निधनको समाचार भ्रामक र त्यसमा कुनै सत्यता नरहेको बताए ।
‘केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा छोरीको निधनको समाचार छाएको छ’ प्रेमले भने ‘त्यस्ता समाचारले मलाई दुःखी बनाएको छ । त्यस्ता समाचार सहि होइन ।’ छोरी अझै उपचार भइरहेको बताएका उनले बाहिर आएको समाचारले मानसिक तनाव र पारिवारिक प्रेसर समेत दिएको सुनाए ।
पत्रकार सम्मेलनमा आफु र नर्भिक अस्पतालका डाक्टर निशाको उपचारमा अहिले पनि तल्लिन रहेको बताएका प्रेमले अगाडि भने ‘मेरो छोरी अहिले पनि जीवित छन् । कृपया मृत्युको गलत हल्ला नगरिदिनुस् ।’
नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले २७ जेठमा केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेर निशाको उपचार थालेकी थिइन् । घिमिरेको उपचारमा नर्भिकले अहिलेसम्म ५० लाखभन्दा धेरै खर्च गरिसकेको छ ।
फिल्म सम्बन्धी अध्ययन लागि भारत गएको बेला उनी सडक दुर्घटनामा परेर घाइते भएकी थिइन्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपामा चुलियो असन्तुष्टि : प्रचण्ड–माधवले नेतृत्व गर्न सक्दैनन् !
-
पहिलो हाफमा ट्युनिसियाविरुद्ध स्विडेनको अग्रता
-
अधिक ज्येष्ठ कृष्ण आमावास्या : नबोली स्नान गरी मनाइयो सोमबारे औँसी
-
स्कटल्यान्डमा सेलरोटी बेचेर मन्दिरका लागि जुट्यो आर्थिक सहयोग
-
आगामी आर्थिक वर्षको बजेट ल्याउँदै लुम्बिनी सरकार : उत्पादन वृद्धि र रोजगारी सिर्जनामा केन्द्रित हुने
-
बालबालिकामाथि दुर्व्यवहार गरेको आरोपमा इस्कोनका सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण