बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अभिनेत्री निशाका बुबाले भने– ‘मृत्युको गलत हल्ला नफैलाऔँ’

बुधबार, १६ भदौ २०७८, १२ : २८
बुधबार, १६ भदौ २०७८

मोडल तथा अभिनेत्री निशा घिमिरेको पछिल्लो स्वास्थ अवस्था स्थिर रहेको छ । उनको उपचार गरिरहेको नर्भिक अस्पतालले मंगलबार एक पत्रकार सम्मेलन गर्दै उनको स्वस्थ्य र उपचारको बारेमा विभिन्न जानकारी दियो । सो क्रममा अस्पतालले उनको उपचार अझै जारी राख्ने जनाएको छ ।

केही दिनयता भने केही अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा निशाको मृत्युको समाचार छाएको देख्न सकिन्छ । यस बिषयमा अभिनेत्री निशाका बुबा प्रेम अधिकारीले दुःखेसो गरेका छन् । उनले बाहिर आएको निधनको समाचार भ्रामक र त्यसमा कुनै सत्यता नरहेको बताए । 

‘केही अनलाइन मिडिया र सामाजिक सञ्जालमा छोरीको निधनको समाचार छाएको छ’ प्रेमले भने ‘त्यस्ता समाचारले मलाई दुःखी बनाएको छ । त्यस्ता समाचार सहि होइन ।’ छोरी अझै उपचार भइरहेको बताएका उनले बाहिर आएको समाचारले मानसिक तनाव र पारिवारिक प्रेसर समेत दिएको सुनाए ।

पत्रकार सम्मेलनमा आफु र नर्भिक अस्पतालका डाक्टर निशाको उपचारमा अहिले पनि तल्लिन रहेको बताएका प्रेमले अगाडि भने ‘मेरो छोरी अहिले पनि जीवित छन् । कृपया मृत्युको गलत हल्ला नगरिदिनुस् ।’

नर्भिकका प्रबन्ध सञ्चालक मेघा चौधरीले २७ जेठमा केही समाजसेवीको सहयोगमा घिमिरेको उद्धार गरेर निशाको उपचार थालेकी थिइन् । घिमिरेको उपचारमा नर्भिकले अहिलेसम्म ५० लाखभन्दा धेरै खर्च गरिसकेको छ ।
फिल्म सम्बन्धी अध्ययन लागि भारत गएको बेला उनी सडक दुर्घटनामा परेर घाइते भएकी थिइन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप