नेप्सेमा तीव्र गिरावट, ५० अंकले घटेको बजारमा सानिमा लाइफ इन्स्योरेन्सका लगानीकर्ता मालामाल
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार ५० अंकमाथिको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज सेयर बजार परिसूचक अधिकतम ५० दशमलव १३ अंकले घटेर २९ सय २६ दशमलव ८९ बिन्दुमा झरेको हो ।
त्यसो साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८ दशमलव ९० अंकले घटेर ५४१ दशमलब ७७ विन्दुमा झरेको छ । आज बजार खुलेदेखि नै तीब्र गिरावटमा रहेको नेप्से केही कम्पनी बाहेकका अधिकांश कम्पनीले गुमाउँदा सम्पूर्ण उपसमूहहरु ऋणात्मक (नेगेटिभ) भएर बजार नै राताम्मे हुन पुगेको छ ।
तथापि, यसदिन मात्र दोस्रो बजार, नेप्सेमा सूचीकृत भइ कारोबारमा सरिक भएको सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भने पहिलो दिन नै सकारात्मक सर्किट लागेको छ । शुरुवाती कारोबार मूल्य ३०९ रुपैयाँको रेन्ज पाएको कम्पनीका लगानी कर्ताहरूले पहिलो दिन नै १० प्रतिशतले कमाएका छन् ।
अधिकतम ५० अंकले नेप्से घटेको यसदिन कुल २३० कम्पनीका १ करोड ८१ लाख ९ हजार कित्ता सेयर १ लाख ५ हजार पटक बजारमा किनबेच हुँदा कुल ९ अर्ब ५० करोड ५९ लाखको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण