मकवानपुरमा काँग्रेस वडा अधिवेशन : अधिकांशमा सर्वसम्मत, १३ वटामा निर्वाचन
मकवानपुरमा सबै वडामा नेपाली काँग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ । आइतबार बिहानैदेखि जिल्लाका सबै वडाहरूमा सुरु भएको अधिवेशन राति सकिएको हो । जिल्लाका १० वटै स्थानीय तहका १०२ वटै वडामा एकैसाथ सुरु भएको वडा अधिवेशन विवादरहित तवरले सम्पन्न भएको र क्रियाशील नेतृत्व चयन गर्न सफल भएको नेपाली काँग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए । उनले वडा कमिटी काँग्रेस पार्टीको मूल जग भएकोले सबै वडाहरूमा सौहार्दताका साथ नेतृत्व चयन गर्ने गरी सबै क्रियाशील सदस्यहरूलाई जिम्मेवारी दिएको उनले बताए ।
मकवानपुरको ८ वटा गाउँपालिका एक नगरपालिका र एक उपमहानगरपालिकाका १०२ वटा वडा मध्ये १३ वटा वडामा निर्वाचन मार्फत् नेतृत्व चयन भएको उनको भनाइ छ । गाउँ क्षेत्रका अधिकांश वडाहरूमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको भए पनि नगर क्षेत्रका केही वडामा निर्वाचन गराउनु परेको प्रवक्ता कोइरालाले बताए ।
उनका अनुसार हेटौँडा उपमहानगरपालिकाको १९ वटा वडामध्ये ७ वटामा निर्वाचन गर्नु परेको थियो भने गाउँ क्षेत्रका ६ वटा वडामा पनि निर्वाचन भएको थियो । निर्वाचन प्रक्रिया विवाद रहित रूपमा सम्पन्न गरी वडा कमिटीमा नयाँ क्रियाशील र जुझारु युवा नेतृत्व प्रदान गरिएको उनको भनाइ छ ।
वडा अधिवेशनबाट हाल परिमार्जित भएको संरचना अनुसार समावेशीतर्फका सदस्यसहित वडा प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि र बुथ प्रतिनिधिसहित करिब २ हजार जना नेतृत्वको लागि चयन हुने उनले बताए । वडा अधिवेशनमा नयाँ ५ हजार ३०० जना र पुराना ४ हजार २४२ जना गरी ९ हजार ५४२ जना क्रियाशील सदस्य सहभागी भएका उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेसका मन्त्रीहरूले राजीनामा दिन लागेका हुन् ?
-
बाह्रकिलो बजारका घरटहरा स्वःस्फुर्त खाली
-
पछिल्ला वर्षमा कानुन निर्माणको गति सुस्त भयो
-
बागमती नदीको कटानले टौदहका बस्ती जोखिममा
-
ट्रम्पको इरान युद्ध नीतिविरुद्ध मोर्चाबन्दी : डेमोक्र्याटले रोके १.१५ ट्रिलियन डलरको रक्षा बजेट
-
धनगढीमा सबैभन्दा धेरै गर्मी, पोखरा र विराटनगरमा वर्षाको ८० प्रतिशत सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण