शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

बिहीबार, २४ भदौ २०७८, १० : ३५
बिहीबार, २४ भदौ २०७८

नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि प्रति अमेरिकी डलरको खरिददर ११७.४७ रुपैयाँ तोकेको छ । बिक्रीदर ११८.७ पैसा राखिएको छ । एक युरोको खरिददर १३८.८३ र बिक्रीदर १३९.५४ रुपैयाँ, बेलायती पाउण्डको खरिददर १६१.६७ र बिक्रीदर १६२.४९ रुपैयाँ तोकिएको छ । 

एसियन मुलुकतर्फ सिंगापुर डलरको खरिददर ८७.२९ र बिक्रीदर ८७.७४ रुपैयाँ तथा १० जापानी येनको खरिददर १०.६६ बिक्रीदर १०.७१ रुपैयाँतोकिएको छ ।  यस्तै, साउदी अरेबियन रियालको खरिददर ३१.३२ रुपैयाँ तथा बिक्रीदर ३१.४८ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ ।

यस्तै, कतारी रियालको खरिददर ३२.२६ र बिक्रीदर ३२.४२ रुपैयाँ, संयुक्त अरब इमिरेट्स दिरामका खरिददर ३१.९८ र बिक्रीदर ३२.१४ रुपैयाँ तथा मलेसियन रिंगटको खरिददर २८.२८ र बिक्रीदर २८.४२ रुपैयाँ कायम भएको छ ।

यसैगरी, १०० कोरियन वनको खरिददर १०.०८ रुपैयाँ र बिक्रीदर १०.१३ रुपैयाँ, हङकङ डलरको खरिददर १५.११ रुपैयाँ तोकिँदा बिक्रीदर १५.१८ रुपैयाँमा भइरहेको बैंकले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप