मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

कमल थापाले ६ जनालाई गरे केन्द्रीय सदस्यमा मनोनयन

शुक्रबार, २८ वैशाख २०८१, १७ : ०३
शुक्रबार, २८ वैशाख २०८१

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजन चौलागाई (काठमाडौ) लाई केन्द्रीय सदस्य तथा सुशासन विभाग प्रमुखमा नियुक्त गरेका छन् ।

त्यसैगरी अध्यक्ष थापाले भक्तबहादुर के.सी. (काठमाडांै) लाई केन्द्रीय सदस्य तथा स्वास्थ्य विभाग प्रमुखमा मनोनित गरेका छन् । उद्धव मिश्र (नुवाकोट), पुष्पा खरेल भट्ट (काठमाडौ), गंगाप्रसाद शर्मा (काठमाडांै) र अरुणकुमार बस्नेत (ललितपुर) लाई केन्द्रीय सदस्य पदमा अध्यक्ष थापाले मनोनयन गरेको महामन्त्री भास्कर भद्राले विज्ञप्तिमार्फत जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप