प्रहरीमाथि हातपात गरेको आरोपमा काँडाघारीबाट ४ जना पक्राउ
बिहीबार, २४ भदौ २०७८, १२ : ०४
काठमाडौंको काँडाघारीमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा होटल सञ्चालिका कास्की पोखरा महानगरपालिका– ७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापामगर लगायत ४ जना रहेका छन् । होटलमा हो–हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरी बसेका उनीहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ ।
घटनामा संलग्न भई फरार रहेका कास्कीका २२ वर्षीय रविन थापा मगरको भने खोजी भैरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण