रुकुम पूर्वमा नेकपा एकीकृत समाजवादीको १०५ सदस्यीय जिल्ला कमिटी गठन
आइतबार, २७ भदौ २०७८, १० : ५६
नेकपा (एकीकृत समाजवादी) पार्टी रुकुम पूर्वको अध्यक्षमा भिउमान घर्तीलाई चयन गरिएको छ । जिल्ला कमिटीको पहिलो बैठकले घर्तीलाई अध्यक्षमा चयन गरेको हो ।
यसअघि उनी नेकपा एमाले जिल्ला कमिटी सचिव थिए । नेकपा एमाले विभाजन भएर एकीकृत समाजवादी पार्टी स्थापना भएपछि बसेको पहिलो बैठकबाट घर्तीलाई अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरिएको हो ।
घर्तीको अध्यक्षतामा १ सय ५ सदस्सीय जिल्ला कमिटि गठन गरिएको छ । जसको सचिवमा भुवनेश्वर उपाध्याय रहेका छन् । जिल्ला भेला असोजमा गर्ने तयारी भएको छ । बैठकबाट २५ सदस्यीय जिल्ला कमिटी सचिवालय पनि गठन गरिएको छ । बैठकमा कार्यविभाजन, कार्यालय सञ्चालन, आर्थिक व्यवस्थापन, गाउँपालिकामा संगठन विस्तार गर्ने जिम्मेवारी जिल्ला कमिटी सचिवालयलाई दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण