प्रदेश प्रमुखसमक्ष प्रदेश लोकसेवा आयोगको वार्षिक प्रतिवेदन पेश
प्रदेश लोकसेवा आयोगले कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ । आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आज प्रदेश प्रमुख कलौनीसमक्ष आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् । नेपालको संविधान, २०७२ को धारा २४४ मा प्रदेश लोकसेवा आयोग गठनको व्यवस्था भएबमोजिम कर्णाली प्रदेशसभाबाट प्रदेश लोकसेवा ऐन, २०७५ जारी भई सोहीअनुसार गठन भएको आयोगद्वारा सम्पादन गरेका काम कारवाही समेटेर प्रदेश प्रतिवेदन पेश गरिएको छ ।
आव २०७८–७९ आयोग गठन वर्ष भएकाले कार्यालय स्थापना, कानून तथा पाठ्यक्रम निर्माण, सङ्गठन संरचना तथा दरबन्दी पुनरावलोकनलगायतका कार्य गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । आयोगको गठन र कार्यक्षेत्र, कार्यसम्पादनका आधार, प्रशासनिक तथा वित्त व्यवस्थापन, कानून, शैक्षिक योग्यता र पाठ्यक्रम निर्माण, सङ्गठन सुधार र नवप्रवद्र्धन, आयोगका जिम्मेवारीमा देखिएका कठिनाइ र सुझाव गरी सातवटा परिच्छेद प्रतिवेदनमा समावेश छन् ।
प्रतिवेदन पेश कार्यक्रममा आयोगका सदस्य भक्तबहादुर खड्का, आयोग सचिव आनन्द सारु र प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देललगायत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण