कर्णालीमा ३४ प्रतिशत नागरिक निरक्षर
कर्णाली प्रदेशमा ३४ प्रतिशत नागरिक निरक्षर रहेको एक तथ्याङ्कले जनाएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६६ प्रतिशत साक्षर रहेको कर्णालीमा ३४ प्रतिशत नागरिक साधारण लेखपढ गर्न जान्दैनन् ।
मन्त्रालयका उपसचिव विष्णुप्रसाद अधिकारीले प्रदेशका १० जिल्लाका ७९ मध्ये ३६ स्थानीय तह साक्षर घोषणा हुन बाँकी रहेको जानकारी दिए । प्रदेश योजना आयोगले आव २०८०/८१ सम्म कर्णालीको साक्षरता ९५ प्रतिशत पुर्याउने लक्ष्य लिएको छ ।
कर्णाली सरकारले प्रदेशलाई साक्षर बनाउन आव २०७५÷७६ देखि विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । तीन वर्षभित्र कर्णालीलाई साक्षर प्रदेश घोषणा गर्ने भन्दै तीन वर्षअघि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको थियो । मन्त्रालयका उपसचिव अधिकारीले गत वर्ष निरन्तर सिकाइसम्बन्धी गतिविधिका लागि हरेक स्थानीय तहमा रु दुई लाख उपलब्ध गराएको र उक्त बजेट कोरोना महामारीका कारण खर्च हुन नसकेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण