अव्यवस्थित तार/पोलहरू ७ दिनभित्र हटाउन सुर्खेत प्रशासनको ‘अल्टिमेटम’
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा अव्यवस्थित तार र पोलहरूले सहरको सौन्दर्य घटाएको भन्दै ७ दिनभित्र यस्ता तार र पोलहरू हटाउन सुर्खेत प्रशासनले ‘अल्टिमेटम’ दिएको छ। इन्टरनेट, केबुल नेटवर्क, विद्युत्का जमिनबाट कम उचाइमा रहेका, लत्रिएका, प्रयोग नभएका अनावश्यक तारहरू हटाउन र व्यवस्थित गर्न ‘अल्टिमेटम’ दिएको हो ।
प्रदेशको राजधानी वीरेन्द्रनगरमा दैनिक जसो लोडसेडिङले गर्दा उपभोक्ताहरूले हैरानी खेप्नु परेको छ। पुराना कमजोर संरचनाले गर्दा हावा चले विद्युत् अवरुद्ध हुने परम्परा जस्तै बनेको छ । विगत ५ दिन यता कर्णालीका सबै जसो जिल्लामा पटक–पटक विद्युत् अवरुद्ध हुने गरेको छ । विद्युत् अनियमित हुँदा सेवा प्रवाहमा समेत समस्या भएको छ।
यसैलाई मध्यनजर गरी नेपाल टेलिकम र विद्युत् प्राधिकरणले प्रयोग नभएका, सडे गलेका र रिप्लेश गरी जमिनमै छाडिएका पोलहरूको समेत तत्काल उपयुक्त तरिकाले व्यवस्था गर्न निर्देशन गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।
उनले भने,‘इन्टरनेट, केबुल नेटवर्कका सेवा प्रदायकहरूले नेपाल विद्युत् प्राधिकरण तथा नेपाल टेलिकमसँग समन्वयन नगरी पोलहरूमार्फत तारहरू जडान नगर्न आग्रह गरिएको छ।’
अव्यवस्थित तारहरूले सहरी सौन्दर्य घटाएको र दुर्घटनाको समेत हुने गरेको छ,’उनले भने ।
साथै यो विषयमा आगामी असोज ६ गते नेपाल टेलिकमका कार्यालय प्रमुखको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, हुलाक निर्देशनालय र सेवा प्रदायकहरूको प्रतिनिधि सम्मिलित टोलीले स्थलगत अनुगमन गरी प्रतिवेदन समेत पेस गर्ने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण