काठमाडौँमा फेरि गोली चल्यो, तीन भारतीय ‘सुटर' पक्राउ
काठमाडौँ । काठमाडौँको कमलादीमा गोली चलेको छ ।
प्रहरीका अनुसार कमलादी क्षेत्रमा बुधबार साँझ एक राउण्ड गोली चलेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रविन्द्र धानुकले गोली चलेको कुरा पुष्टि गरेका छन् ।
उनले घटनास्थलबाट तीन जना भारतीय नागरिक पक्राउ परेको बताए । पक्राउ पर्नेमा जसवीर सिंह, अरविन्द्र सिंह र देवेन्द्र सिंह रहेका छन् ।
कमलादीस्थित हेरिटेज प्जालाबाट अटोमेटिक पेस्तोल र ५१ राउण्ड गोलीसहित उनीहरु पक्राउ परेको धानुकले बताए ।
उनीहरुको साथबाट ४ वटा म्यागजिन फेला परेको छ ।
कम्पनीहरुका कर्पोरेट कार्यालय रहेको प्जालामा एक राउण्ड गोली चलाए पनि कोही घाइते नभएको प्रहरीले जानकारी दिएको छ ।
धानुकका अनुसार उनीहरु प्लाजाको एक रेस्टुरेन्टमा खान गएका थिए । त्यहाँ खानाको बिल धेरै आएपछि वादविवादको क्रममा उनीहरुले गोली चलाएका थिए ।
उनीहरु हिजो सुनवल नाकाबाट काठमाडौँ भित्रिएका थिए । उनीहरु कुन प्रयोजनले नेपालमा हतियार र ठूलो परिमाणको गोली बोकेर आएको हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले रातोपाटीले बतायो।
प्रहरीले उनीहरु व्यवसायिक भारतीय सुटर रहेको र नेपालका कसैको हत्याको योजनासहित आएको आशंका गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको सम्झौता अन्त्य भएको ट्रम्पको घोषणालगत्तै चुलियो कच्चा तेलको भाउ
-
कर्मचारीतन्त्र जनप्रतिनिधिको गतिमा चल्न सकेन : सांसदहरू
-
उदयपुरमा प्राधिकरणका कर्मचारीको मृत्यु
-
इरानलाई क्यान्सरसँग तुलना गर्दै ट्रम्पले भने– अब एमओयू सकियो
-
‘पहाडभित्र सुरक्षित हेडवर्क्स बनाएर दुई वर्षभित्र बाह्रै महिना मेलम्चीको पानी दिन्छौँ’
-
प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण