हंसपुर नगर प्रमुखलाई अवहेलना मुद्दामा अदालतमा हाजिर हुन आदेश
अदालतको आदेशलाई चुनौती दिएको भन्दै हंसपुर नगरपालिकाका मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई उपस्थित हुन अदालतले आदेश दिएको छ । धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डललाई उच्च अदालत जनकपुरले आदेश पालना नगरेको भन्दै उपस्थित हुन आदेश दिएको हो ।
हंसपुर नगरपालिकामा सरुवा भएका प्रमुख प्रशासकीय अधिकृत केशवकुमार अधिकारीलाई हाजिर गर्नबाट रोक लगाएपछि अदालतमा रिट निवेदन दायर भएको थियो । अदालतले भदौ ९ मा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गर्नबाट रोक लगाउने कार्य नगर्नु नगराउनु भन्दै नगरपालिकाको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

नगर प्रमुख रामज्ञान मण्डल र प्रमुख प्रशासकीय अधिकृत रामलोचन मण्डलले अधिकारीलाई हाजिर हुन नदिएपछि उनीहरु विरुद्ध अदालतको अवहेलना सम्बन्धमा परेको मुद्दामा सुनुवाई गर्दै न्यायाधीश हरिप्रसाद वाग्ले र रमेश ढकालको संयुक्त इजलासले उनीहरूलाई उपस्थित हुन आदेश दिएको छ ।
अवहेलना मुद्दाबारे व्यहोरा र प्रमाणसहित ७ दिनभित्र बयानका लागि उपस्थित हुन अदालतले आदेश दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
-
युद्ध अन्त्य भएको ट्रम्पको दाबी, इरानले भन्यो- यो अड्कलबाजी मात्रै हो
-
महालेखा र सचिवबिच जुहारी, असार २ गतेदेखि लेखा समितिले फाइलसहित स्पष्टीकरण माग्ने
-
थाइल्याण्डकी राजकुमारीको निधन
-
ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो
-
केन्द्रले कर्णालीमा अनुदान बढायो, प्रमुख चुनौती कार्यान्वयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण