ट्रम्पले इरान युद्धबारे सकारात्मक खबर सुनाएसँगै तेलको मूल्य घट्यो
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौता नजिक पुगेको दाबी गरेका छन्।
- ट्रम्पको यो भनाइ सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
- ट्रम्पले सम्झौता नजिक रहेको दाबी गरे पनि इरानले भने अझै केही विषय छलफलमै रहेको बताएको छ।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौता नजिक पुगेको दाबी गरेका छन्। ट्रम्पको यो भनाइ सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ।
बिहीबार ह्वाइट हाउसको ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, 'हामीले इरानसँगको युद्धको ठुलो समाधान निकालेका छौँ। यो निकै ठुलो कुरा हो।' उनले सम्झौताका कागजातहरू लगभग अन्तिम चरणमा पुगेको र सम्भवतः युरोपमा छिट्टै हस्ताक्षर गरिने बताए।
ट्रम्पको यो दाबीपछि विश्व बजारमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल ८९ डलरमा झरेको छ। यो एकै दिनमा ४.४ प्रतिशतको गिरावट हो। ट्रम्पले सम्झौता लगत्तै स्ट्रेट अफ हर्मुज पुनः खुल्ने समेत बताएका छन्।
ट्रम्पले सम्झौता नजिक रहेको दाबी गरे पनि इरानले भने अझै केही विषय छलफलमै रहेको बताएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले धेरैजसो बुँदाहरूमा सहमति जुटे पनि अमेरिकाले कतिपय ठाउँमा अत्यधिक मागहरू थपेको आरोप लगाए ।
गएको फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि दुई देशबिच तनाव उत्कर्षमा पुगेको थियो। जवाफमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी आधार शिविर र इजरायलका सहयोगी राष्ट्रहरूमाथि आक्रमण गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहिद लखनसँग जोडिएका पालिकाले गरे २३ बुँदे समझदारी, विकास र सेवा प्रवाहमा साझा एजेन्डा बनाउने
-
‘गौँथली’को ‘आँखाभरि आँसु’मा बेहुला बेहुली अवतारमा अरुण र सिमरन
-
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा
-
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ८१ हजार राजस्व सङ्कलन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण