सुर्खेतमा गाडी दुर्घटना, ११ घाइते, ५ को अवस्था गम्भीर
वीरेन्द्रनगर नगरपालिका–२ सुर्खेतमा गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सुर्खेत रेडियो नेपाल नजिकदेखि जुम्लातर्फ जाँदै गरेको भे १ ख २५७४ नम्बरको फोर्स गाडी अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको थियो ।
उक्त दुर्घटनामा घाइते ११ जना कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतको सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । घटना भएको खबर पाउने बित्तिकै बाङ्गेसिमलबाट खटिएको प्रहरीले तत्काल उद्धार गरी प्रदेश अस्पतालमा उपचारका लागि पुर्याएको उनले बताए ।
प्रहरीका अनुसार उपचार गराइरहेका घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने छ जना सामान्य अवस्थामा रहेका छन् । दुर्घटना पश्चात् फरार गाडी चालकको खोजी भइरहेको र वीरेन्द्रनगरभित्र सो दुर्घटना कसरी भयो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियसभाको बैठक : सांसदहरु बाेल्दै
-
अन्तरिक्षमा पहिलोपटक भेटियो प्राकृतिक चिनी
-
मानसिक स्वास्थ्य सङ्कट समाधान गर्न ‘मानसिक स्वास्थ्य काउन्सिल’ गठन गर्न माग
-
नेपाल एसीसी महिला यू–१९ प्रिमियर कपको सेमिफाइनलमा
-
दीपक धामी लगायतलाई विनाशर्त रिहाइ गर्न युवा सङ्घको माग
-
लुम्बिनीमा नवप्रवर्तन साझेदारीका ८ स्थानीय तहका परियोजना स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण