५ सय ३४ कैदीको सजाय मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आममाफी र बाँकी सजाय मिनाहाको सिफारिस पठाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले संविधान दिवसका अवसरमा ५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद मिनाहा र ७ जनालाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
सोही निर्णयअनुसार बुधबार राष्ट्रपति कार्यालयमा सिफारिस पत्र पठाइएको गृहमन्त्री बालकृष्ण खाणले रातोपाटीलाई जानकारी दिए । मुलुकी अपराध संहिता २०७४ बमोजिम अपराधको नकारात्मक सूचीमा नपरेका, ५० प्रतिशत सजाय भुक्तान गरेका, असल चालचलन भएको बाँकी सजाय मिनाहा हुने व्यवस्था छ ।
गृहमन्त्री खाणका अनुसार फौजदारी कसुर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ अनुसार जन्मकैद, भ्रष्टाचार, जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपसार, संगठित अपराध, सम्पत्ति शुद्धीकरण, मानवताविरुद्ध अपराध, राज्यविरुद्धको अपराध, तेजाव अपराधसम्बन्धी कसुरमा दोषी ठहर भएका व्यक्तिको सजाय माफी तथा मिनाहा गर्न मिल्दैन ।
यस बाहेकका कैदीले सजाय मिनाहाको सुविधा पाउने व्यवस्था छ । सोही अनुसार ५३४ जनाको कैद मिनाहा र ७ जनालाई आम माफीका लागि राष्ट्रपति कहाँ सिफारिस गरिएको उनको भनाइ छ ।
गृहमन्त्री खाणका अनुसार गृहको प्रस्ताव मन्त्रिपरिषद्बाट अनुमोदन भइसकेकाले राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरे कार्यान्वयन हुनेछ । आगामी असोज ३ गते संविधान दिवसमा उनीहरुले कैद मिनाहा र आम माफी पाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाम र बझाङ उपनिर्वाचनको मध्यरातको मतपरिणाम : कसको कति मत ?
-
बझाङको ताजा मतपरिणाम : एमालेका उम्मेदवार थोरै मतान्तरले अगाडि
-
इलाम २ मा सुहाङले ५ हजार मत कटाउँदा कसले कति पाए ?
-
गोठाटार घटनाका मुख्य योजनाकारमाथि प्रहरीले गोली चलायो
-
इलाम २ मतगणना : यस्तो छ पछिल्लो मतपरिणाम, कसको कति मत ?
-
बझाङमा एमाले उम्मेदवारको ५ सय मतको अग्रता, कसले कति मत ल्याए ?