लुम्बिनी प्रदेश सरकारलाई २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठान रुपन्देहीले लुम्बिनी प्रदेश सरकारलाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । बुटवलमा आज एक समारोहका बीच प्रतिष्ठानका उपाध्यक्ष तथा पूर्वमन्त्री दीपक बोहराले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन् ।
अमेरिकास्थित होप ईन्टरनेश्नल परियोजना र प्रतिष्ठानको सहकार्यमा पीपीई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आईसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत ११ प्रकारका सामग्रीहरू हस्तान्तरण गरिएको प्रतिमान–निमा मेमोरोरियल प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले बताइन् ।
सोही अवसरमा बोल्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको प्राथमिकताका रूपमा रहेको बताउँदै खोप सबै नागरिकलाई लगाउने व्यवस्था मिलाउने कामको लागि काम भइरहेको बताए । उनले प्रदेश सरकारले मुटुको भल्भ फेर्न, क्यान्सर रोगीलाई उपचार मा २–२ लाख सहयोग गर्ने निर्णय समेत गरेको स्मरण गर्दै यहाँबाट विशेषज्ञ अस्पतालबाट सेवा दिन सक्ने गरी काम भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण