लागुऔषध बिक्री गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ
बुधबार, ०६ असोज २०७८, १८ : १६

दाङमा लागूऔषध बिक्री वितरण गर्ने एक मेडिकल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका ५ बसपार्कमा फ्यूजन हेल्थ केयर मेडिकल सञ्चालिका ४० वर्षीय तिलाकुमारी सुनारलाई प्रहरीले पक्राउ गरेको हो । उनी तुलसीपुर उपमहानगरपालिका–८ दुधेनाकी स्थायी बासिन्दा हुन् ।
उनको साथबाट प्रहरीले एन्टिटीसिभ ट्याब्लेट, एन्टिकोफ ट्याब्लेट, ट्रामाडोल ट्याब्लेट र सी–ट्रायब बरामद गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी श्यामु अर्यालले जानकारी दिए । प्रहरीले उनी माथि थप अनुसन्धान भैरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्षदेखि चिकित्सकको पर्खाइमा सर्पदंश उपचार केन्द्र
-
पाकिस्तानमा भारतीय आक्रमणबारे राष्ट्रपति ट्रम्पको प्रतिक्रिया: यो दुःखद हो
-
भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?
-
आज कुन देशको मुद्राको विनिमयदर कति ? (सूचीसहित)
-
पाकिस्तानले भन्यो- भारतीय आक्रमणबाट तीन स्थानहरू प्रभावित
-
मध्यरातमा भारतद्वारा पाकिस्तानमा 'एयर स्ट्राइक', ९ स्थानलाई लक्षित