आजदेखि ईपीएल, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै
शनिबार, ०९ असोज २०७८, ११ : ४४
आज शनिबार (असोज ८) देखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ । ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण आजदेखि सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रिओट् भिड्दै छन् । दुई टोलीबीचको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेल दिउँसो १२ : १५ देखि हुने आयोजकले बताएको छ ।
सिंगल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउनेछ । सिंगल राउण्ड रोबिनपछि क्वालिफायर खेलाइने आयोजकले जानकारी दिएको छ । ईपीएल नेपालको चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता खेल्न पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदी समेत काठमाडौं आएका छन् । उनी काठमाडौं किंग्स इलाभेनमा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
-
कांग्रेसको नवीन परिस्थिति, नवीन सङ्कल्प, नवीन अभियान सुरु (तस्बिरहरू)
-
मिटरब्याज सम्बन्धी उजुरी मेलपिमलापबाट फर्छ्यौट
-
कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण
-
अर्थमन्त्री वाग्लेद्वारा आन्तरिक राजस्व विभागमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण