आजदेखि ईपीएल, उद्घाटन खेलमा काठमाडौं र ललितपुर भिड्दै
शनिबार, ०९ असोज २०७८, ११ : ४४
आज शनिबार (असोज ८) देखि बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) सुरु भएको छ । ६ वटा टोली सम्मिलित प्रिमियर लिगको चौथो संस्करण आजदेखि सुरु भएको हो । प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स इलाभेन र ललितपुर प्याट्रिओट् भिड्दै छन् । दुई टोलीबीचको उद्घाटन खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । उद्घाटन खेल दिउँसो १२ : १५ देखि हुने आयोजकले बताएको छ ।
सिंगल राउण्ड रोबिनका आधारमा खेलाइने प्रतियोगिताको विजेताले ५० लाख पुरस्कार पाउनेछ । सिंगल राउण्ड रोबिनपछि क्वालिफायर खेलाइने आयोजकले जानकारी दिएको छ । ईपीएल नेपालको चर्चित टी–२० फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो । यो प्रतियोगिता खेल्न पाकिस्तानी चर्चित क्रिकेटर सहिद अफ्रिदी समेत काठमाडौं आएका छन् । उनी काठमाडौं किंग्स इलाभेनमा आबद्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पन्जाब किंग्ससँग राजस्थान रोयल्स ५ विकेटले पराजित
-
मधेसमा सत्ताका लागि दलहरूको दौडधुप, नयाँ सरकारको साँचो लोसपाको हातमा
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने
-
प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ कार्यसूची
-
दस महिनामा एक लाख ७७ हजार पर्यटकले गरेर अन्नपूर्ण क्षेत्रको भ्रमण
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना