कालिकोटमा काँग्रेस महाधिवेशन : सर्वसम्मत नेतृत्व चयन, पाँच पालिकामा को–को बने सभापति ?
नेपाली काँग्रेस कालिकोटले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने प्रयास गरेको छ । जसअनुसार पाँच वटा स्थानीय तहमा सर्वसम्मत रूपमा नेतृत्व चयन भइसकेको छ भने बाँकी रहेका पालिकामा आइतबार बेलुकासम्म टुङ्गो लगाउने गरी काँग्रेसका नेताहरू लागिपरेका छन् ।
काँग्रेस नेता दमनबहादुर शाहीले रातोपाटीलाई दिएको जानकारी अनुसार खाँडाचक्र नगरपालिकामा भानुभक्त आचार्य, नरहरिनाथ गाउँपालिकामा रामबहादुर बटाला, पलाता गाउँपालिकामा धीरा बम (महिला), तिलागुफा नगरपालिकामा धीरेन्द्र थापालाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ। यस्तै महावै गाउँपालिकामा पुरारी अधिकारीलाई सभापतिमा सर्वसम्मत चयन गरिएको छ। लैङ्गिक आधारमा हेर्दा पाँच पालिका मध्ये पलाता गाउँपालिकामा मात्रै महिलालाई सभापति बनाइएको छ।
रास्कोट नगरपालिका, पचालझरना गाउँपालिका र सान्नीत्रिवेणीमा बेलुकासम्म सभापति चयन गरिसक्ने गरी गृहकार्य भइरहेको छ । त्यसका लागि शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू छलफलमा जुटिरहेका छन् । नेता शाहीले, ‘सभापति बनेकाहरू अहिले गुट–उपगुट भनेर केही भनिएको छैन। अहिले न्युटन खालका देखिएका छन् । पछि जिल्ला अधिवेशनमा गएपछि थाह होला नि !’ साथै कालिकोटमा काँग्रेसले जिल्ला र प्रदेशको अधिवेशन पनि सर्वसम्मत गर्ने तयारी थालेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनिष झाको प्रश्न–यस्तो बचपना देखाएर राजकाज चल्छ ?
-
नेपालमै पहिलोपटक ट्यावबाट लाइसेन्सको लिखित परीक्षा
-
मकवानपुरमा १०९ किलो गाँजासहित दुई जना पक्राउ
-
डेङ्गुको जोखिममा कञ्चनपुर, सतर्कता अपनाउन आग्रह
-
तीन वर्ष यता अरबौँ रुपैयाँ बराबर खरबुजाको बिउ आयात, कहाँ हुन्छ खपत ?
-
अछाममा जबरजस्ती करणीको आरोपमा रुकुम पश्चिमका एक युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण