विश्वबाट आणविक हतियार उन्मूलन हुनुपर्छ : राष्ट्रसंघीय महासचिव
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले आणविक हतियाररहित विश्व निर्माण गर्न विश्व समुदायलाई आग्रह गरेका छन् । उनले विश्व आणविक हतियार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा सो कुरा बताएका हुन् ।
उनले आणविक हतियारहरू विश्वबाट नै अनिवार्य रुपमा उन्मूलन हुनुपर्नेमा जोड दिए । महासचिव गुटर्रेसले यो हतियार मानवता विरुद्धको र घातक भएकोले विश्वबाट नै उन्मूलन हुनुपर्नेमा जोड दिनुभएको हो । तर अहिले पनि आणविक हतियारहरू विश्वमा चुनौतीका रुपमा रहेको उनले बताए ।
उनले गएको एक दशकयता विश्वबाट नै आणविक हतियारहरू घट्दो रुपमा रहेको पाइएको भएपनि यसको संख्या अझै पनि विश्वमा कम्तीमा पनि १४ हजार जति रहेको उनले बताए । तर यो पनि अहिलेको विश्वका लागि घातक नै रहेको उनले बताए । त्यसैले यी सबै हतियारहरू विश्वबाट नै उन्मूलन गर्नेगरी काम गर्नुपर्ने चुनौती संयुक्त राष्ट्रसंघ समक्ष रहेको उनको भनाई थियो । उनले संयुक्त राष्ट्रसंघले यसको स्थापनादेखि नै यस्ता हतियार उन्मूलन गर्ने कार्यक्रममा काम गरिरहेको पनि स्पष्ट पारेका थिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण