‘देश देशावरलाई’ ‘बेस्ट सेलर बुक अवार्ड’
किताब यात्रा फाउन्डेसनद्वारा २०७८ सालको ‘बेस्ट सेलर बुक अवार्ड’ नियात्राकार जीवा लामिछानेको सृजना ‘देश देशावर’ लाई प्रदान गरिएको छ । सन् २०१७ मा स्थापित भएको किताब यात्रा नेपालको सबैभन्दा ठूलो अन लाइन बुक स्टोर भएको बताइएको छ ।
अनलाइन मार्फत किताब बिक्रीवितरण गर्दै आइरहेको ‘किताब यात्रा डटकम’ ले आफ्नो अनलाइन मार्फत सर्वाधिक बिक्री भएको पुस्तकलाई अवार्ड प्रदान गर्दै आएको छ ।आफ्नो कृतिले अवार्ड पाउँदा थप हौसला, प्रेरणा र उर्जा मिलेको लामिछानेले बताए। उनले किताब यात्रा डटकम परिवारलाई धन्यवाद व्यक्त गरेका छन् ।
अध्ययन, भ्रमण र लेखनमा बढी रुचि राख्ने भएका कारण नै उनले दुईवटा नियात्रा सङ्ग्रहको सृजना गरिसकेका छन् । लामिछानेले यसअघि पनि ‘सरसर्ती संसार’ नामक पुस्तक सार्वजनिक गरेका थिए । चितवन जिल्लाको पदमपुरमा जन्मिएर मस्कोबाट इन्जिनियरिङ गरेका लामिछानेले जर्मनीलाई कर्म थलो बनाउँदै आएका छन् । उनी गैरआवासीय नेपाली सङ्घका संस्थापक सदस्य तथा पूर्व अध्यक्षसमेत समेत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीको बजेट सन्तुलित र यथार्थपरक छ : मन्त्री तामाङ
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण