सञ्चारमाध्यमसँग ओलीको गुनासो : देउवा सरकारलाई खबरदारी नै गरेन !
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले खबरदारी नगरेको गुनासो गरेका छन् । नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सम्पादकहरूसँग अन्तरक्रियामा ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताएका हुन् । उनले भने,‘खबरदारी गरेन भने सरकार लापरवाह हुने रहेछ, जस्तो अहिलेको सरकार भइरहेको छ ।’
सरकारले संविधान मिच्दा पनि सञ्चारमाध्यम मौन रहेको ओलीको आरोप थियो । उनले भने, ‘म प्रधानमन्त्री हुँदा सम्पादकहरूबाट जुन सहयोग पाएँ, म त्यसका लागि धन्यवाद भन्न चाहन्छु । यहाँहरूले सजग गराउनुभयो, खबरदारी गर्नुभयो, ती खबरदारीले हामीलाई गल्ती नगर्न प्रेरित गर्यो ।’
वर्तमान सरकारले सदन छलेर दल फुटाउने अध्यादेश ल्याएको बताउँदै त्यसले संविधानको उल्लङ्घन गर्नुका साथै लोकतन्त्रको ‘नर्म्स’ हरू भत्काएको जिकिर गरे । उनले भने, ‘एमाले फुटाउने काम सकिएछ अनि अध्यादेश फिर्ताको सूचना निकालियो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
-
अष्ट्रेलियाका उच्च प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न, द्विपक्षीय सहकार्य विस्तारमा जोड
-
‘शान्तिपूर्ण समाजका लागि समुदाय-प्रहरी साझेदारी अपरिहार्य’
-
राणाकालीन इतिहास र धार्मिक पर्यटनलाई जोड्दै चुरियामाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण