मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा ४१० मतदान केन्द्र: ३ लाख ११ हजार मतदाता

शुक्रबार, १७ कात्तिक २०७४, ०७ : ४२
शुक्रबार, १७ कात्तिक २०७४

कपिलवस्तु - आसन्न प्रतिनिधि सभा र प्रदेशसभाका लागि कपिलवस्तुमा २३३ मतदानस्थल र ४१० मतदान केन्द्र कायम गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तिन निर्वाचन क्षेत्र रहेको जिल्लामा निर्वाचनबाट तिनजना प्रतिनिधि सभा र ६ जना प्रदेश सभाका प्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लामा मतदाताको संख्या तिन लाख ११ हजार ७६० रहेको छ ।

कुल मतदाता मध्ये महिला १ लाख ४२ हजार २ सय ९२ रहेका छन् भने २ जना तेस्रो लिङ्गीले पनि मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

प्रदेशसभा मतदाता
प्रदेशसभा १ मा ६८ हजार ५ सय ३३
२ मा ४८ हजार ४ सय ५
२ को (१) मा ५५ हजार एक
२ को (२) मा ४७ हजार ४ सय १९
३ को (१) मा ४८ हजार ९ सय ४०
र ३ को (२) मा ४३ हजार ४ सय ६३ मतदाता रहेका छन् ।

प्रतिनिधिसभा मतदाता
क्षेत्र नं.१ मा १ लाख १६ हजार ९ सय ३६
क्षेत्र नं.२ मा १ लाख २ हजार ४ सय बिस
क्षेत्र न. ३ मा ९२ हजार ४ सय ३

मतदान स्थल र केन्द्र
निर्वाचन क्षेत्र नं १ मा ८० मतदानस्थल र १६४ मतदान केन्द्र
क्षेत्र नं २ मा ८२ मतदानस्थल र १३६ मतदान केन्द्र
र क्षेत्र नं ३ मा ७१ मतदानस्थल साथै १२० मतदान केन्द्र, कायम भएको जिल्ला निर्वाचन अधिकारी ज्ञानहरी घिमिरे जानकारीले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चुरामणि अर्याल
चुरामणि अर्याल
लेखकबाट थप