बुटवलमा चाडपर्व लक्षित बजार अनुगमन सुरु
रुपन्देहीको बुटवलमा सरोकारवाला निकायले चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेका छन् । कोभिडका कारण लामो समय रोकिएको बजार अनुगमन चाडपर्वको आगमनसँगै सुरु गरिएको हो । बुटवल उपमहानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, ईलाका प्रहरी कार्यालय, वाणिज्य कार्यालय, उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ, उपभोक्ता हित संरक्षण मञ्चको सहभागितामा संयुक्त रुपमा बजार अनुगमन गरिएको हो ।
खाद्य सामग्री उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ र त्यसको गुणस्तर, मिठाइ, दुध, दुग्धजन्य उत्पादन, प्याकिङ गरी बिक्री गरिने खाद्यवस्तुमा हुनुपर्ने लेबल आदिमा अनुगमन गरिएको छ । अनुगमनका क्रममा फेला परेका कमसल सामग्रीलाई जफत गरी नष्ट गर्ने, जरिवाना तिराउने गरिएको छ भने अटेर गर्नेको पसल बन्द गर्ने चेतावनी दिइएको छ ।
अनुगमनका क्रममा साना किराना पसलदेखि भाटभटेनीजस्ता ठुला सुपर मार्केटमा अनुगमन गरिएको बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले बताइन् । बुटवल उपमहानगरपालिका–४, हाटबजार लाइनमा रहेका विभिन्न पसलमा अनुगमन गरिएको बुटवल उपमहानगरपालिकाका अधिकृत ठगिश्वर पोखरेलले जानकारी दिए । यस्तै हरियो तरकारी प्रालिमा व्यवसाय दर्ता र नापतौलको कागजात नभएको पाइएको र त्यहाँ केही तरकारी र तरकारीजन्य सामग्री गुणस्तरीय नपाइएको भन्दै नष्ट गरिएको छ ।
अनुगमन गरिएका कतिपय पसलमा लेबल नभएका, अखाद्य रङ मिसिएका र म्याद नाघेका खाद्यवस्तु पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य निरीक्षक प्रमिला गुरुङले बताइन् । बुटवल उपमहानगरपालिका उपप्रमुख आचार्यले चाडबाडको बेला बजारमा लापरवाही हुने भएकाले अनुगमनलाई तीव्रता दिएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण