मानव अधिकारको संरक्षण र सम्बर्द्धनलाई प्राथमिकता दिन्छौँ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले मानव अधिकार रक्षा र आम नागरिकलाई त्यसको प्रत्याभूति गराउन प्रदेश सरकार निरन्तर लागिरहेको बताएका छन् । जनताको मानव अधिकारका लागि प्रदेश सरकार सधैँ जिम्मेवार रहेको उनले प्रस्ट पारे ।
राष्ट्रिय मानव अधिकार आयोगले बुटवलमा बिहीबार आयोजना गरेको विश्वव्यापी आवधिक समीक्षा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले नेपाल विगत लामो समयदेखि द्वन्द्वको मारमा रहेकोले त्यसको असर समाधान गर्न राज्य नै लाग्नुपर्ने बताए ।
कार्यक्रममा मानव अधिकार आयोगका सचिव मुरारी खरेलले नेपालमा जातीय, लैंगिक, धार्मिक, सांस्कृतिक विभेदका विरुद्ध मानिसको जन्मसिद्ध अधिकारलाई प्रत्याभूति गराउन सबै लाग्नुपर्ने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारको कानून, महिला तथा बालबालिका, ज्येष्ठ नागरिक मन्त्रालयका सचिव राजेन्द्र थापाले विश्वव्यापी मानव अधिकारसम्बन्धी ९ वटा महासन्धिमध्ये ७ वटामा नेपाल पक्ष राष्ट्र भइसकेको बताउँदै नेपालमा मानव अधिकारको क्षेत्रमा सुधार हुँदै गएको जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मलको आपूर्ति र वितरणमा देखिएको विरोधाभासप्रति संसदीय समितिमा प्रश्न
-
अमेरिकी आक्रमण तीव्र बनेसँगै फेरि अन्योल र चिन्तामा इरानी नागरिक
-
भीष्मराज भन्छन् : थाहा छैन कहाँदेखि चल्दैछ बालेन सरकार ?
-
मानव-वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तीनै तहका सरकारलाई कार्ययोजना पठाइने
-
लुम्बिनी मन्त्रिपरिषद् बैठक निर्णय : प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर
-
‘मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण