सीमा खोल्ने तयारीमा अष्ट्रेलिया
अष्ट्रेलियाले आउँदो नोभेम्बरदेखि खोप लिइसकेका मानिसका लागि सीमा खोल्ने तयारी गरेको छ । कोभिड–१९ को संक्रमणका कारण अष्ट्रेलियाको सीमा १८ महिनादेखि बन्द थियो ।
हालका लागि अष्ट्रेलियाका नागरिक र कुनै विशेष कारण भएका मानिस अष्ट्रेलियामा प्रवेश गर्न सक्छन् । विशेष कारण नदेखाइ अष्ट्रेलियाबाट बाहिर जान पनि रोक लगाइएको छ ।
कोरोनाको संक्रमण रोक्नका लागि अष्ट्रेलियाले अपनाएको यो नियमको एकातिर तारिफ भइरहेको छ भने अर्कोतर्फ यसले परिवारलाई छुट्याएको भन्दै विरोध पनि भइरहेको छ ।
प्रधानमन्त्री स्कट मोरिसनले ८० प्रतिशतभन्दा बढीले खोप लगाइसकेका राज्यले यात्राका लागि अनुमति पाउनेछन् ।
‘अष्ट्रेलियाली नागरिकलाई उनीहरुको पुरानो जीवन फिर्ता गरिदिने बेला भएको छ,’ उनले पत्रकारलाई शुक्रबार भने ।
अष्ट्रेलियाको १४ दिनको होटल क्वारेन्टिनको नीति पनि क्रमश हटाइनेछ । यसको साटो खोप लगाइसकेका यात्रीले सातदिनसम्म आफ्नै घरमा क्वारेन्टिन बस्नुपर्ने हुन्छ ।
यद्यपि, धेरैजसो एयरलाइन्सले तत्कालै पूर्ण सेवा उपलब्ध गराउन नसकिने स्पष्ट पारेको छ ।
सिड्नी, मेलबर्न, क्यानबेरामा कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि लकडाउन लागू गरिएको छ ।
यी प्रभावित क्षेत्रमा हालैका समयमा खोप अभियानलाई तीब्रता दिइएको छ ।
सिड्नी पनि समावेश न्यू साउथ वेल्स केही हप्तामा ८० प्रतिशतको सीमा पार गर्ने पहिलो राज्य बन्ने बाटोमा छ । मेलबर्न राजधानी भएको भिक्टोरिया पनि पछि छैन ।
तर केही राज्य– विशेषगरी क्विन्सल्याण्ड र पश्चिमी अष्ट्रेलियाले खोप लगाउनेहरुको संख्यामा थप वृद्धि नभएसम्म सीमा बन्द राख्ने धम्की दिएको छ ।
यी राज्यमा कोरोना संक्रमणको दर लगभग शून्य नै छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण