किशोरीलाई भारतमा बेच्न लगेको आरोपमा युवक पक्राउ
पर्वतबाट १४ वर्षीया किशोरीलाई फकाएर भारततर्फ बेच्न लाँदै गरेको अवस्थामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोदी गाउँपालिका–५ घर भएका २४ वर्षीय सुर्यबहादुर भण्डारी छन् ।
सुर्यबहादुरले प्रेमको अभिनय गरेर किशोरीलाई नेपाल भारत सिमानाको जोगबनी नाकासम्म लगेको पर्वतका डिएसपी शिवराज बुढाथोकीले रातोपाटीलाई बताए । किशोरीलाई बेच्नका लागी आफूतर्फ आकर्षित गर्न भण्डारीले मोबाइल पनि किनिदिएका थिए ।
जोगबनी नाका पार गर्ने बेलामा त्यहाँ खटिएका सुरक्षाकर्मीलाई सुर्यबहादुरले ‘दाजु बहिनी भन्नु’ भनेर सिकाएका थिए । जोगबनी नाकामा खटिएको प्रहरी टोलीले शंका लागेर किशोरीका अभिभावकलाई फोन गरेपछि सुर्यबहादुरले उनलाई बेच्न लाँदै गरेको पोल खुलेको थियो ।
किशोरी र आरोपीबीच केही दिनअघि मात्र सामान्य चिनजान भएको थियो । आरोपीलाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत पर्वतबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको डिएसपी बुढाथोकीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण