गोदावरीमा एमालेले लेखीलाई भित्र्याउँदै
आइतबार, १७ असोज २०७८, १० : २६
लोकतान्त्रिक समाजवादी पार्टी छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी आज एमाले प्रवेश गर्ने भएका छन् । शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका लेखीसहितको टोलीलाई गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ । लेखीसहितको टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
लेखीले १० वर्षअघि एमाले छाडेर नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि उनी विभिन्न पार्टी हँुदै पुन एमाले प्रवेश गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण