बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

गोदावरीमा एमालेले लेखीलाई भित्र्याउँदै

आइतबार, १७ असोज २०७८, १० : २६
आइतबार, १७ असोज २०७८

लोकतान्त्रिक समाजवादी पार्टी छोडेका नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्ष राजकुमार लेखी आज एमाले प्रवेश गर्ने भएका छन् ।  शुक्रबार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका लेखीसहितको टोलीलाई गोदावरीमा जारी एमाले विधान महाधिवेशनमा पार्टी प्रवेश गराउने कार्यक्रम रहेको एमालेले जनाएको छ । लेखीसहितको टोलीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम रहेको एमाले केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।

लेखीले १० वर्षअघि एमाले छाडेर नागरिक पार्टी गठन गरेका थिए । त्यसपछि उनी विभिन्न पार्टी हँुदै पुन एमाले प्रवेश गर्न लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप