खोप लक्ष्य पूरा नहुने संकेत
सरकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ। हाल दैनिक उपलब्ध गराइएको खोपको सरदर डोज अनुपातले तोकिएको समयमा लक्षित जनसंख्यालाई लगाउन नसकिने देखिएको हो। नेपालमा १८ वर्ष उमेरमाथिको १ करोड ९९ लाख जनसंख्या खोप लगाउन योग्य मानिएको छ।
शनिबारसम्मको तथ्यांकका आधारमा ७५ हजार २४० को हाराहारीमा पहिलो डोज र ३ हजार ६८७ को हाराहारीमा दोस्रो डोज गरी देशभर दिनहुँ कुल ७८ हजार ९२७ डोज खोप लगाइएको छ। पुस मसान्तसम्म ६६ प्रतिशत जनसंख्या ९दुईतिहाइ० लाई खोप लगाउने लक्ष्य पूरा गर्न एक करोड ३२ लाख ८१ हजारजनालाई खोप लगाउनुपर्ने हुन्छ। तर शनिबारसम्म खोपको दुवै डोज लगाएको जनसंख्या साढे ६४ लाखमात्र छ। यो हिसाबले पुस मसान्तसम्मको लक्ष्य पूरा गर्न ९५ दिन बाँकी छ।
हालको गतिले हिसाब गर्दा अबको १५० दिनमा मात्र दुईतिहाइ जनसंख्यालाई खोप लगाउन सकिन्छ। आइतबारसम्म खोपको पहिलो डोज लगाउने जनसंख्या ३७ प्रतिशत पुगे पनि दुवै डोज लगाउने जनसंख्या ३० प्रतिशत पनि पुगेको छैन। पुस मसान्तसम्मको लक्ष्य पूरा गर्न बाँकी अवधिमा दिनहुँ १ लाख २५ हजार डोज खोप लगाउनुपर्ने हुन्छ। तर, खोपका दुवै डोज जोड्दा हाल झण्डै ७९ हजार डोज खोप दिनहुँ लगाइएको सन्दर्भमा यो लक्ष्य पूरा हुन कठिन छ।
यसैगरी, माघदेखि वैशाख मसान्तसम्म तय गरिएको लक्ष्य पूरा गर्न थप ६६ लाख ४० हजार जनसंख्याालाई खोप लगाउनुपर्ने हुन्छ।
यसरी यो अवधिको १२० दिनमा १ करोड ३२ लाखजनालाई खोप उपलब्ध गराउन दिनहुँ १ लाख १० हजार ६७९ डोज लगाउनुपर्ने हुन्छ। बाँकी पृष्ठ २ अर्कोतिर ११ देखि १८ वर्ष उमेर समूहलाई खोप दिने प्रस्तावित सरकारी योजनाको समेत हिसाब गर्ने हो भने खोप लगाउने दर झण्डै तीन गुणाले बढाउनुपर्ने विज्ञ बताउँछन्।
यो समाचार आजको नागरिक दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण