बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
सारांश
- बौद्धिक सम्पत्ति संरक्षण र सुरक्षाका लागि उद्योग विभागमा उजुरी दिनेको सङ्ख्या बढेको छ ।
- चालु आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म विभागमा ५ सय ७१ उजुरी दर्ता भएका छन् र ७ सय ३४ वटामा निर्णय गरिएको छ ।
- जनशक्तिको अभाव र प्रमाण जुटाउन ढिलाइ हुँदा उजुरीको फैसलामा ढिलाइ हुने गरेको छ ।
काठमाडौँ । बौद्धिक सम्पत्ति संरक्षण तथा सुरक्षाका लागि उजुरी दिनेको सङ्ख्या बढ्दै गएको छ । कम्पनी तथा व्यक्तिहरू आफ्नो सिर्जना चोरी भएको भन्दै प्रतिलिपि अधिकार संरक्षणका लागि अदालतसँगै उद्योग विभागमा पुग्ने क्रम बढेको हो ।
उद्योग विभागका उपसचिव श्रीकृष्ण पौडेलका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को असार २६ गतेसम्म विभागमा ५ सय ७१ वटा उजुरी दर्ता भएका छन् । उनले यही आर्थिक वर्षभित्र विगतका वर्षमा परेका उजुरीसमेत गरेर ७ सय ३४ वटा उजुरीमाथि निर्णय गरिएको बताए । काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा विगत पाँच वर्षको तथ्याङ्क प्रस्तुत गर्दै उनले प्रतिलिपि अधिकारका लागि उजुरी दिनेको सङ्ख्या बढ्दै गएको बताएका हुन् ।
उनकाअनुसार आर्थिक वर्ष २०७७/७८ मा ३ सय ३४ वटा उजुरी दर्ता भएकामध्ये १ सय ७० वटामा निर्णय भएको थियो । आर्थिक वर्ष २०७९/८० मा ३ सय उजुरी परेकोमा १ सय ५३ वटा टुङ्ग्याइएको पौडेलले जानकारी दिए । उनले आर्थिक वर्ष २०८०/८१ मा उजुरीको सङ्ख्या बढेर ५२४ पुगे पनि १११ वटामा मात्र निर्णय भएको बताए । उनका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ सय ८६ वटा उजुरी दर्ता भएकोमा अघिल्ला वर्षका मुद्दासमेत गरी ४ सय ८३ वटामा फैसला गरिएको बताए ।
उनले भने, ‘बौद्धिक सम्पत्ति संरक्षण र सुरक्षासम्बन्धी मुद्दा यो विभागमा आर्थिक वर्ष २०७७/७८ मा ३३४ वटा उजुरी परेकोमा १७० उजुरी उपर फैसला वा निर्णय भइसकेको छ । आर्थिक वर्ष २०७९/८० मा ३०० वटा उजुरी परेकोमा १५३ वटा उजुरीउपर विभागले फैसला गरेको छ ।
त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा ५२४ उजुरी परेका थिए भने विभागले १११ उजुरीउपर फैसला तथा निर्णय गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा जम्मा ३८६ वटा उजुरी परेको र ४ सय ८३ (अघिल्लो आर्थिक वर्षको समेत गरेर) वटा निर्णय भएका छन् । चालु आर्थिक वर्ष २०८२/८२ को असार २६ गतेसम्म ५ सय ७१ वटा उजुरी दर्ता भएकोमा ७ सय ३४ वटा फैसला भएका छन् । पछिल्लो समय बौद्धिक सम्पत्ति चोरीविरुद्ध विभागसँगै अदालतमा समेत उजुरी दर्ता हुनेक्रम बढ्दै गएको छ ।’
उनले जनशक्तिको अभाव र प्रमाण जुटाउने कार्यले गर्दा उजुरीउपर फैसलामा ढिलाइ हुने गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागिरबाट निकालिएपछि एक वर्षदेखि तनावमा थिए आत्मदाह प्रयास गरेका विवेक
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण