बेलायतमा एक सातामा थपिए २४ प्रतिशत संक्रमित
लन्डन । बेलायतमा कोरोना संक्रमितको संख्या एक सातामा २४ प्रतिशतले वृद्धि भएको छ । इंग्ल्याण्डमा हरेक ६ जनामध्ये एक जना संक्रमित रहेको राष्ट्रिय तथ्यांकको कार्यालयले जनाएको छ । यसैगरी वेल्समा ४५ जनामा एकजना, स्कटल्यान्डमा ८० जनामा एक र नर्दन आयरल्याण्डमा १२० जनामा एकजना संक्रमित हुने गरेको राष्ट्रिय तथ्यांकले उल्लेख गरेको छ ।
विगत केही दिनयता दैनिक संक्रमितको संख्या ४० हजारभन्दा माथि रहँदै आएको छ । कोरोनाका कारण पछिल्लो २४ घन्टामा ४३ हजार ४२३ नयाँ संक्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । बिहिबार ४५ हजार भन्दा बढी संक्रमित थिए भने शुक्रबार ४४ हजार ९३२ जना संक्रमित भएका थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या ८४ लाख ४ हजार ४६९ पुगेको छ ।
यसैगरी कोरोनाका कारण बितेको २४ घन्टामा १४८ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ८३३ जना संक्रमितको मुत्यु भएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण मुत्यु हुनेको संख्या एक लाख ३८ हजार ५२७ पुगेको छ ।
गएको एक सातामा संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या ६.९ प्रतिशतले बढेको छ । पछिल्लो २४ घन्टामा ९१५ जना संक्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ७ हजार ८६ रहेको छ । यस्तै ७८३ संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ९९ हजार ९९४ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९३ लाख ७४ हजार ५०५ जना अर्थात ८५.९ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५३ लाख २५ हजार ४८९ जना अर्थात ७८.८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्यांकमा उल्लेख छ । बेलायतमा हाल तेस्रो अर्थात बुष्टर डोज पनि सुरु गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई, ह्याट्रिक दाउमा रहको बंगलादेश स्तब्ध
-
रास्वपा रौतहटको नेतृत्व चयनका लागि जेठ २५ गते निर्वाचन, भोलि उम्मेदवारी दर्ता
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण