फोन गर्दै नेता फकाउँदै
मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन्।
अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका समर्थकहरूले पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरेका थिए। त्यसअघि प्रदीपका समर्थकले वीरगन्जमा अध्यक्ष यादवको पुतला जलाएका थिए। मन्त्री चयन गरेको विषयमा प्रदीप यादव र प्रमोद साह आक्रोशित भएका छन्। यसैगरी लुम्बनी प्रदेशबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै नेताद्वय इस्तियाक राई र अमृता अग्रहरी पनि असन्तुष्ट छन्।
स्रोतका अनुसार अध्यक्ष यादवले असन्तुष्ट नेताहरूलाई फोन गरेर फकाउन थालेका छन्। आफूलाई अध्यक्षले फोन गरेर घुमाउरो किसिमबाट गल्ती भएको जनाएको प्रमोद साहले बताए। ‘अध्यक्षज्यूले नहुनुपर्ने भयो। तपाईंलाई सरकारमा पठाउन सकिनँ भन्नुभयो’, साहले भने, ‘यसबाट अध्यक्षज्यूले कतैबाट गल्ती गराइयो भन्ने महसुस गरेको जस्तो देखियो।’ आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण