स्थायी संरचना बनेपछि राजधानीमा सबै मन्त्रालय ल्याउँछौ : मुख्यमन्त्री केसी
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेशका महत्वपूर्ण नयाँ कामहरु थालनी गर्दा तीनवटा कुरालाई आधार स्तम्भ बनाएको बताएका छन् । केसीले “समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेश” भन्ने नाराका साथ यो वर्षदेखि आफ्ना सम्पूर्ण प्रादेशिक गतिविधिहरु अगाडि लैजाने निर्णय गरेको उनले बताए ।
मंगलवार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका (देउखुरी दाङ) मा प्रेस सेन्टर दाङले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले भने, ‘यो वर्ष स्थानीय तहको चुनाव सम्पन्न गर्नुपर्ने रहेको भन्दै अर्को वर्षमा संघिय र प्रादेशिक चुनावहरू पनि हामीले सम्पन्न गर्नुपर्नेछ, यो अभिभारा सहित बोकेको यो गठबन्धनको सरकारले आफ्ना गतिविधिहरुलाई सुव्यवस्थित गर्ने कार्य भइरहेको छ ।’
यो वर्षबाट हामीले राजधानीको प्रशासनको भवनहरु निर्माण गर्ने जग्गा प्राप्त र प्राप्त जग्गासँगै निकट भविष्यमा सम्झना लायक गुरुयोजना सहितको सुन्दर राजधानी बनाइने भन्दै उनले भने, ‘शहर निर्माण गर्ने आम जनताहरुको बीचमा हामीले यस्तो व्यवस्थित राजधानी निर्माण गर्दैछौ भन्ने कुरा सार्वजनिक गरेर संरचना स्थापना गर्छौ।’
‘अहिले तत्काल प्रदेश राजधानीको भित्र मन्त्रालयहरू स्थापनाको निम्ति राप्ती गाउँपालिका क्षेत्रभित्र रहेको चालीस हेक्टर खाली जमिन व्यवस्थापन गर्ने छौं’, उनले थपे । ‘जमिन प्राप्त भएलगत्तै प्रदेश सरकारले यसको लागि निर्णय गर्छ र संघिय सरकारले सिफारिस गर्छ । संघिय सरकारले जुन दिन हामीलाई जग्गा उपभोग गर्ने अधिकारी दिन्छ त्यस दिनबाट भौतिक संरचना निर्माणको कामलाई अगाडि बढाउने छौं, त्यसको लागि बजेट विनियोजन भइसकेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण