जहाँ दलितलाई कुटी–कुटी मारिन्छ
मानौं, कसैले रक्सी पिएर हल्ला गर्यो भने पिट्न पाइन्छ ? त्यसमा पनि ज्यानै जाने गरी ? यहाँ यस्तै घटना भएको छ। दुई जनाको ‘हेपाहा पिटाइ’ बाट एक दलितको ज्यान गएको केही दिन भइसकेको छ, प्रहरी र समाज भने यसलाई सामान्य रूपमा लिइरहेका छन्। उनीहरू हल्का रूपमा भन्छन्, ‘रक्सी पिएर हल्ला गरेछ। यसो पिटेको खुत्रुक्कै गएछ।’
दसैंको नवमीका दिन घर नजिकैको बजार निस्केका थिए, ५८ वर्षीय भीमबहादुर विक। करिब डेढ सय मिटर परको चोकबाट तरकारी लिएर आउँछु भनी गएका उनी फर्किएनन्। तरकारी त आएन–आएन, भीमबहादुरको जिन्दगी पनि आएन। प्रतीक्षाकैबीच करिब डेढ घण्टामा आफ्ना श्रीमान् कुटेर सख्त घाइते भएको खबर पाइन् उनले।
हस्याङफस्याङ गर्दै ५७ वर्षीया विन्दु चितवन मेडिकल कलेज पुगिन्, जहाँ भीमबहादुरलाई लगिएको भनिएको थियो। अस्पताल छिर्नासाथ पोष्टमार्टमको गाइँगुइँ चलेको सुनिन्। मनमा चिसो पस्यो। उनले अड्कल काटिन्, श्रीमान्ले संसार छाडेछन्। त्यस दिनदेखि उनका आँखा ओभाना भएका छैनन्।
सबैको घरमा दसैंको रौनक छाएको बेला विक परिवार शोकमा डुबेको छ। न्यायका लागि हारगुहार गरिरहेको छ। प्रत्यक्षदर्शी र सम्बन्धित व्यक्तिले प्रहरीमा दिएको बयानअनुसार भरतपुर–४, दुर्गा चोकमा भीमहादुरलाई औषधि व्यवसायी दिलीप श्रेष्ठले थप्पड हानेका थिए। भुइँमा पछारिएका उनको केहीबेरमा ज्यान गयो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपाली मृत्यु प्रकरण : सरकार र पीडित परिवारबिच ९ बुँदे सहमति
-
बजेट अभावले लम्बियो लमजुङ दरबार पुनर्निर्माण
-
खामेनी हत्याको बदलाका लागि ट्रम्पसहित विदेशी नेताको सूची सार्वजनिक
-
दैनिक २० जनाले गरिरहेछन् आफ्नै जीवन नास, के गरिरहेछ सरकार ?
-
बौद्धिक सम्पत्ति संरक्षणका लागि उजुरी दिनेको सङ्ख्या बढ्दो
-
निष्क्रिय खाताप्रति पहिलोपटक संवेदनशील बन्यो राष्ट्र बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण