शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बाबुआमाको प्रसिद्धीले मारमा परेका यी बलिउड कलाकार

बुधबार, ०३ कात्तिक २०७८, १० : ४६
बुधबार, ०३ कात्तिक २०७८

बलिउडमा त्यस्ता धेरै कलाकार छन् । जसले आफ्ना मात्र होइन, आफ्ना सन्तानको भाग्य पनि यही क्षेत्रमा चम्काए । तर, सबै स्टारहरूका छोराछोरी सफल भए भन्ने पनि होइन । आज हामी त्यस्ता कलाकारको चर्चा गर्दैछौं, जसले आफ्ना सुपरस्टार बाबु–आमाजस्तै बन्ने प्रयास त गरे, तर सफल भएनन् ।

अभिषेक बच्चन 

शताब्दीका महानायक अमिताभ बच्चनका छोरा अभिषेक बच्चन पनि राम्रो कलाकार हुन् । उनले धेरै हिट फिल्महरु पनि खेले । तर, उनी बाबुजसरी लामो समय फिल्म उद्योगमा टिक्न सकेनन् । त्यसैले उनी आज बलिउडका फ्लप अभिनेताहरूको सुचीमा पुगिसकेका छन् । अभिषेकलाई पनि सुरुवाती दिनमै अमिताभसँग तुलना गरियो । यो उनका लागि महंगो साबित भयो । बाबुको प्रसिद्धी र त्यससँग तुलना गरेर दर्शकले
गर्ने अपेक्षालाई न्याय गर्न अभिषेक असफल रहे ।

सोहा अली खान

 

सोहाकी आमा शर्मिला टैगोर कुनै समय बलिउडकी सर्वाधिक चर्चित नायिका थिइन् । त्यस्तै, सोहाका बाबु भारतको क्रिकेट टिमका पूर्वकप्तान थिए । उनका दाजु सैफ अली खान बलिउडका चलेका कलाकार हुन् । तर सोहाले सोचेजस्तो सफलता हासिल गर्न सकिनन् । कुणाल खेमुसँग विवाह गरेपछि उनी घर गृहस्थी सम्हालेर बसेकी छिन् ।

करण देओल 

बलिउडका सुपरस्टार सनी देओलका छोरा करण देओलले केही समयअघि ‘पल पल दिल के पास’ नामक फिल्म खेलेका थिए । यो फिल्म बक्स अफिसमा पुरै फ्लप भयो । त्यसपछि करण देओल अर्को फिल्ममा देखिएनन् ।

तुषार कपूर

  

बलिउडका सुपरस्टार जितेन्द्रका छोरा हुन्, तुषार । तुषार पनि राम्रो कलाकार हुन् । धेरै समिक्षकहरुले उनको अभिनयको प्रशंशा गर्ने गरेका छन् । तर, जसरी बाबु जितेन्द्रको फिल्मका लागि मानिसहरुले लामो प्रतिक्षा गर्ने गरेका थिए । तुषारले त्यस्तो स्टारडम हासिल गर्न सकेनन् । उनी केवल अहिले रोहित सेट्टीको फिल्म ‘गोलमाल’ का सिक्वेलहरुमा मात्रै देखिन्छन् ।

ईशा देओल 

धर्मेन्द्र र हेमा मालिकी छोरी ईशा देओल पनि अभिनयमा जम्न सकिनन् । सुरुवातमा उनले केही राम्रा फिल्महरु गरेकी थिइन् । तर, केही हिट फिल्ममा देखिएपनि ईशाले बाबु आमाजस्तो प्रसिद्धी कमाउन सकिनन् । त्यहीकारण केही वर्षमै उनले बलिउड छाडिन् ।

फरदीन खान

 

अभिनेता फिरोज खानले बलिउडमा धेरै हिट फिल्महरु दिएका छन् ।  उनका छोरा फरदीन खानले पनि यस्तै प्रसिद्धी पाउने कोसिस गरेका थिए । तर, धेरै फिल्म खेलिसक्दा पनि उनले बाबुको जस्तो प्रसिद्धी पाउन सकेनन् । जब ड्रग्स केसमा नाम जोडियो, त्यसपछि फरदीनको करियर पुरै बर्बाद भयो ।

महाअक्षय चक्रवर्ती

 

मिथुन चक्रवर्तीले आफ्नो समय धेरै फिल्महरु खेले । धेरै दर्शकको मनमा बसे । आज पनि मिथुनले अभिनय गर्ने फिल्महरु हेर्न दर्शक आतुर हुने गरेका छन् । यद्यपी, उनका छोरा महाअक्षय चक्रवर्तीको सवाल फरक छ । उनले अभिनय गरेका एकपछि अर्को फिल्म फ्लप भए । अहिले उनी फिल्म उद्योगबाट टाढा छ । धेरै दर्शकले उनको नाम नै बिर्सिसके । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप