बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
महोत्तरी जिल्लाको भगाहा गाउँपालिका–३ स्थायी घर भई भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका– ८, सिपाडोल बस्ने रामनाथ सिंहलाई प्रहरीले पक्राउ गरेको छ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी रहेका उनलाई काठमाडौंको कमलपोखरीबाट प्रहरीले पक्राउ गरेको हो ।
उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको अवस्थामा जानी–जानी झुक्यानमा पारी जाहेरवालालाई २०७६ साल वैशाख १० मा प्रभु बैंक लिमिटेड, शाखा कार्यालय भक्तपुरको चेक काटेको कसुरलाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनबाट २०७७ साल माघ २० मा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम ४ (चार) दिन कैद र ११ लाख जरिवाना हुने फैसला गरेको थियो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट फैसला कार्यान्वयन तथा फरार प्रतिवादीहरुको खोजतलास एवं पक्राउका लागि परिचालित विशेष टोलीले उनलाई कमलपोखरीबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि बिहीबार काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण