उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियानमा प्रदेश सरकार : मन्त्री राना
लुम्बिनी प्रदेशका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले उज्यालो लुम्बिनी प्रदेश निर्माणको अभियान सुरु गर्ने बताएका छन् । प्रदेश सरकारको कान्छो मन्त्रालय मानिने ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले प्रदेशकै एक ठाउँबाट उज्यालो अभियान सुरु गर्ने योजना बनाएको उनले बताए ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शुक्रबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री रानाले कुनै सानो क्षेत्रबाट सुरुवात गरेर लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा स्थापित गर्ने अभियानका साथ काम गर्ने आफ्नो मुल एजेन्डा रहेको बताए । उनले प्रदेशका विभिन्न ठाउँमा रहेका विद्युत आयोजनाहरु संघीय सरकारसँग थप समन्वय गरेर अगाडि बढाउने पनि जानकारी दिए ।
उनले परिस्थितिजन्य रुपमा प्रदेश सरकार गठन भएको स्मरण गर्दै जनताको आवश्यकता र आकांक्षामा आधारित भएर काम गर्ने प्रतिवद्धतासमेत जनाए । उनले वर्षाजन्य प्रकोपका कारण पीडित किसानलाई प्रत्यक्ष राहतका लागि प्रदेश सरकारले काम सुरु गरिसकेको पनि जानकारी दिए । बाढीबाट क्षति व्यहोरेका किसानका लागि प्रदेश सरकारले तत्काल राहत दिने उनको भनाइ थियो ।
कार्यक्रममा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाईँले लामो संघर्षबाट प्राप्त भएको संविधानलाई नै धरापमा पार्ने प्रयास विफल गराउन अग्रगामी शक्तिहरु सफल भएको दाबी गरे । उनले अब जनताको पक्षका काम हुने पनि बताए ।
नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडियालाई नियन्त्रण गर्ने गरी विगतको सरकारले ल्याएको कानुनलाई वर्तमान सरकारले निरन्तरता दिन खोज्नु विडम्बनायुक्त भएको बताए । उनले संविधानले दिएको पूर्ण प्रेस स्वतन्त्रताको अधिकार विपरीत आइरहेका कानुन पारित गर्न नहुनेमा जोड दिए ।
नेपाल अमेरिका पत्रकार महासंघ (नेजा) का महासचिव सुरज भण्डारीले सरोकारवाला निकायको निरन्तर निगरानी गर्ने कार्यमा पत्रकारिता चुक्न नहुने बताए । उनले जहाँ भए पनि पत्रकारिता गर्दा जनतालाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
-
नेपाल टेलिकमको सिम हरायो वा बिग्रियो ? अब यसरी घरमै बसेर अनलाइन फारम भर्नुहोस्
-
सरकार र केन्द्रीय बैंकबिच टकराब : राष्ट्र बैंक ऐन संशोधनको औचित्यमाथि नै प्रश्न
-
चोटग्रस्त फुटबलर आशिष राईको उपचारमा १७ महिनामा के–के भयो ? एन्फाले सार्वजनिक गर्यो विवरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण