बुटवलका डिएसपी कुँवरसहित ३ अधिकृत पुरस्कृत
शनिबार, ०६ कात्तिक २०७८, १० : ४४
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले मातहतका ३ प्रहरी अधिकृतहरूलाई असोज महिनाका उत्कृष्ट प्रहरी इन्चार्जका रुपमा पुरस्कृत गरेको छ । शनिबार एक समारोहका बीच सो कार्यालयले बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख डिएसपी मदन कुँवर, सीमा प्रहरी कार्यालय कदमहवाका प्रमुख सई भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवलका प्रमुख सई विमला विकलाई असोज महिनाका ‘इन्टिग्रेटी इन्चार्ज अफ मन्थ अवार्ड’ बाट पुरस्कृत गरेको हो ।
रुपन्देहीका जिल्ला प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले उनीहरुलाई उक्त अवार्ड प्रदान गर्दै बधाई दिएका थिए । जिल्ला प्रहरी कार्यालयले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगले सम्पादन गरे बापत उनीहरुलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सत्यनारायण थापाद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा
-
करिब एक महिना बन्दपछि खुलेको चिडियाखानामा चहलपहल, तस्बिरमा हेर्नुहोस्
-
सेयर बजारमा उच्च सुधार, बोर्डको मार्गचित्र र अर्थमन्त्रीको विज्ञप्तिले उचाल्यो सूचक
-
महिलाको संवैधानिक अधिकार र कार्यान्वयनको प्रश्न
-
उपधारा ५ को सरकार ढले प्रदेशसभा विघटन हुन सक्छ : मुख्यमन्त्री कार्की
-
रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दल, राजनीतिक अस्थिरतातिर प्रदेशहरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण